बिहीबार, भदौ ४, २०८३

संक्रमण देखिए आफैं क्वारेन्टाइनमा बस्नुपर्छ : सरकार

कोरोना भाइरस संक्रमण भएका व्यक्ति  आफैं  क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं– कोरोना भाइरस संक्रमण भएका व्यक्ति  आफैं  क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ। स्वास्थ्यमन्त्री भानुभक्त ढकालले चीनबाट विद्यार्थी ल्याएर क्वारेन्टाइनमा राखेजसरी अब सरकारले कसैलाई पनि नराख्ने बताएका हुन्।

उनले भने, ‘क्वारेन्टाइन भन्ने बित्तिकै चीनबाट विद्यार्थी ल्याएर सरकारकै व्यवस्थापनमा राख्ने गर्ने भन्ने कुरा नगरौँ। अब आफैँं क्वारेन्टाइनमा बस्नुपर्छ।’

उनले ज्वरो र रुघाखोकीको परीक्षण गराउने व्यवस्था भने सरकारले गर्ने बताए।

कुनै व्यक्तिमा संक्रमण भएको पाइएमा उसको उपचारको जिम्मेवारी सरकारले लिने भएको छ।

राष्ट्रिय युवा संघ नेपालले ध्यानाकर्षणपत्र बुझ्दै मन्त्री ढकालले भने, ‘ठूलो समूहमा क्वारेन्टाइनमा राख्नुपर्ने अवस्थामा सरकारले खरीपाटी क्वारेन्टाइन्मा राख्नेछ।’

उनले संक्रमित मुलुकबाट आउनेलाई त्यहाँको चिकित्सकले ७ दिनअगाडि कोरोना संक्रमण छैन भन्ने प्रमाणित गरेको प्रमाणपत्र लिएर मात्र नेपाल प्रवेश गर्न आग्रह गरेका छन् ।

त्यसपछि १४ दिन क्वारन्टाइनमा बसेपछि मात्रै उसले सामाजिक जीवनमा संलग्न हुन पाउने स्वास्थ्यमन्त्रीको भनाइ छ।

प्रकाशित: Mar 10, 2020| 08:21 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।