बिहीबार, भदौ ४, २०८३

मोटरसाइकलमा प्रेस लेखेर लागुऔषध तस्करी

मोटरसाइकलमा ‘प्रेस’ लेखेर लागुऔषध तस्करी गर्ने दुईजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगन्ज महानगरपालिका–१५ बस्ने ३० वर्षीय जीतेन्द्रकुमार सिंह र भारत विहार बस्ने २२ वर्षीय नासिर आलमलाई मंगलबार बाराको सिमराबाट पक्राउ गरेको हो ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

जनकपुरधाम– मोटरसाइकलमा ‘प्रेस’ लेखेर लागुऔषध तस्करी गर्ने दुईजनालाई बारा प्रहरीले पक्राउ गरेको छ । प्रहरीले वीरगन्ज महानगरपालिका–१५ बस्ने ३० वर्षीय जीतेन्द्रकुमार सिंह र भारत विहार बस्ने २२ वर्षीय नासिर आलमलाई मंगलबार बाराको सिमराबाट पक्राउ गरेको हो ।

ईलाका प्रहरी कार्यालय सिमराका प्रमुख डीएसपी गोविन्द पुरीको नेतृत्वमा खटिएको प्रहरी टोलीले जितपुर सिमरा उपमहानगरपालिका–२ स्थित नेपाल विद्युत प्राधिकरण अगाडिबाट उनीहरुलाई लागुऔषधसहित पक्राउ गरेको छ ।

प्रेस लेखिएको ना ६२ प ६२६७ नम्बरको मोटरसाइकल चढेका जितेन्द्रले साइकल चलाएर वीरगन्जबाट सिमरातर्फ आइरहेका आलमलाई सुरक्षा दिँदै हिँडेको बेला पक्राउ गरिएको डीएसपी पुरीले नेपाल समयलाई बताए ।

उनीहरुको साथबाट प्रतिबन्धित लागुऔषध डाइजीपाम, नुफिन र फेनारगन ३–३ सय था बरामद भएको पुरीले बताए । लागुऔषध ओसारपोसारमा संलग्न जितेन्द्र लामो समयदेखि आफूहरुको खोजी सूचीमा उनले जनाए ।

पुरीले मोटरसाइलमा प्रेस लेखेको भए पनि उनीहरु पत्रकार नरहेको प्रारम्भिक अनुसन्धानबाट खुलेको बताएका छन् । लागुऔषध ओसारपोसार गर्न सहज भनेर जितेन्द्रले मोटरसाइकलमा प्रेस लेखेको हुनसक्ने उनको भनाइ छ ।

प्रकाशित: Mar 10, 2020| 08:07 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।