बिहीबार, भदौ ४, २०८३

ज्यान मारेर फरार यादव १७ वर्षपछि पक्राउ

कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय पाएर १७ वर्षदेखि फरार एक जनासहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं– कर्तव्य ज्यान मुद्दामा अदालतबाट सजाय पाएर १७ वर्षदेखि फरार एक जनासहित सिरहा प्रहरीले तीन जनालाई पक्राउ गरेको छ।

जिल्ला अदालतबाट २० वर्ष कैद सुनाइएका लक्ष्मीपुर पतारी गाउँपालिका–५ खरुकियाहीका ५५ वर्षीय भोला यादवलाई प्रहरीले पक्राउ गरेको हो। यादव २०५९ देखि फरार रहेको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय महेशपुर पतारबाट खटिएको गस्ती टोलीले आफ्नै घरमा लुकीछिपी बसिरहेको अवस्थामा यादवलाई सोमबार पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सिरहाका प्रवक्ता प्रहरी नायब उपरीक्षक विनोद घिमिरेले जानकारी दिए।

यस्तै कुटपिट मुद्दामा पुनरावेदन अदालत जनकपुर राजविराजबाट एक महिना १५ दिन कैद र सात सय रुपैयाँ जरिवानाको सजाय पाएका सिरहाको प्रपि–७ का ४५ वर्षीय रामअशिष यादवलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनी २०६१ देखि फरार रहेको प्रहरीले जनाएको छ। जिल्ला प्रहरी कार्यालय सिरहाबाट खटिएको गस्ती टोलीले लुकीछिपी बसेको अवस्थामा पक्राउ गरेको जनाएको छ।

त्यस्तै जिल्ला अदालत सिरहाबाट लेनदेन बिगो मुद्दामा ३ महिना कैद जरिवाना सजाय पाएर फरार अर्नामा गाउँपालिका–५ का ५० वर्षीय भुलनीदेवी सदायलाई पनि प्रहरीले पक्राउ गरेको छ।

उनलाई अदालतले लेनदेन बिगो मुद्दामा गत मंसिर २० गते कैद सजायको फैसला सुनाएको थियो। पक्राउ परेका तीनै जनालाई आवश्यक कारवाहीका लागि जिल्ला अदालत सिरहामा पेश गरिएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 10, 2020| 06:53 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।