बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • किशोरीलाई सामूहिक बलात्कार गर्ने चार जनालाई १० वर्ष कैद

किशोरीलाई सामूहिक बलात्कार गर्ने चार जनालाई १० वर्ष कैद

जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ ।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

सप्तरी- जिल्ला अदालत सप्तरीले सोह्र वर्षीया किशोरीलाई सामूहिक बलात्कार गरेको कसूरमा चार युवकलाई जनही १० वर्ष कैद सजायको फैसला गरेको छ ।

जिल्ला न्यायाधीश नन्दकिशोरप्रसाद यादवको इजलासले सोमबार शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय एटलाण्टिक चौधरी, अजयकुमार चौधरी, अर्जुनकुमार साह र २२ वर्षीय मनोजकुमार साहलाई सो सजायको फैसला गरेको हो ।

फरार रहेका आरोपितहरु शम्भुनाथ नगरपालिका–३ का २० वर्षीय बबी चौधरी, १९ वर्षीय मिथिलेशकुमार साह र थेपा भनिने ओमप्रकाश पालको मुद्दा मुल्तबीमा राखिएको छ ।

पीडित युवतीकी आमाले जिल्ला प्रहरी कार्यालयमा विसं २०७४ फागुन २८ गते उजुरी दिएकी थिइन् ।

सामूहिक बलात्कारको आरोपमा एटलाण्टिक र अजय घटनालगत्तै पक्राउ परेका थिए भने मनोज र अर्जुन २०७४ चैत २६ गते वारेण्ट जारी भएपछि अदालतमा हाजिर भएका थिए । रासस

प्रकाशित: Mar 10, 2020| 05:51 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।