आइतबार, चैत १, २०८२

वुहान पुगेर बिरामी भेटे चिनियाँ राष्ट्रपति सीले

चिनियाँ राष्ट्रपति सी जिनपिङले  कोरोनाभाइरस (कोभिड–१९) संक्रमण फेला परेको स्थान वुहानमा पुगेर बिरामीसँग भेट गरेका छन्।
 |  मंगलबार, फागुन २७, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २७, २०७६

काठमाडौं– चिनियाँ राष्ट्रपति सी जिनपिङले  कोरोनाभाइरस (कोभिड–१९) संक्रमण फेला परेको स्थान वुहानमा पुगेर बिरामीसँग भेट गरेका छन्। राष्ट्रपति सी मंगलबार पहिलोपटक काेराेनाबाट अत्यन्त प्रभावित क्षेत्र वहुान पुगेका हुन्।

National life

उनले त्यहाँ बिरामी, स्वास्थ्यकर्मी, सुरक्षा निकाय प्रमुख, स्वास्थ्य स्वयंसेवक र सर्वसाधारणसँग भेट गरी बिरामीको अवस्था र उपचार प्रक्रियाबारे जानकारी लिएको चाइना डेलीले जनाएको छ।

राष्ट्रपति सीले त्यहाँका उच्च अधिकारीलाई कोरोना भाइरस नियन्त्रण र उपचारका सम्बन्धमा निर्देशन दिने कार्यक्रम रहेको समाचारमा जनाइएको छ।

यसैबीच चीनमा कोरोना नियन्त्रण उन्मुख रहेकाे साउथ चाइना मर्निङ पोस्टले उल्लेख गरेकाे छ।

कोरोनाका कारण सोमबार १७ जनाको मृत्यु भएको छ भने १९ जना नयाँ संक्रमित फेला परेका छन्। हालसम्म चीनमा तीन हजार १३६ जनाको ज्यान गएको छ।

Laxmi sunrise bank
kumari

पछिल्लो तथ्यांकअनुसार विश्वभर एक लाख १३ हजार ३५८ जनामा कोरोना संक्रमण फेला परेको छ भने चार हजार ९ जनाको ज्यान गएको छ। ६३ हजार ९१३ जना उपचारपछि घर फर्किएका छन् ।

प्रकाशित: Mar 10, 2020| 05:06 मंगलबार, फागुन २७, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।