आइतबार, चैत १, २०८२
  • गृहपृष्ठ
  • विदेश
  • कोरोना त्रास : पोर्चुगलका राष्ट्रपति आइसोलेसनमा, भारतमा संक्रमित नै फरार

कोरोना त्रास : पोर्चुगलका राष्ट्रपति आइसोलेसनमा, भारतमा संक्रमित नै फरार

पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सोसा दुई हप्ताका लागि आइसोलेसनमा बसेका छन्।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

एजेन्सी- पोर्चुगलका राष्ट्रपति मार्सेलो रेबेलो डे सोसा दुई हप्ताका लागि आइसोलेसनमा बसेका छन्।

National life

गत मंगलबार एक विद्यालयका विद्यार्थीसँग राष्ट्रपति भवनमा उनले भेट गरेका थिए। जसमध्ये एक विद्यार्थी अस्पताल भर्ना भएपछि राष्ट्रपतिले आफूलाई आइसोलेसनमा राखेका हुन्।

राष्ट्रपति कार्यालयबाट जारी विज्ञप्तिमा अस्पताल भर्ना भएका विद्यार्थीमा कोरोना संक्रमण देखिएको हो वा होइन भन्नेबारे भने स्पष्ट पारिएको छैन।

उक्त विद्यालय भने अहिले बन्द गरिएको छ।

राष्ट्रपतिमा पनि कोरोना संक्रमणकाे लक्षण नदेखिए पनि उनले आगामी बैठकहरु रद्ध गरेर आइसोलेसनमा बसेका हुन्।

Laxmi sunrise bank
kumari

इटलीको जेलमा ६ जनाको मृत्यु

इटलीमा एउटा जेलमा झडप हुँदा कम्तीमा ६ कैदीको मृत्यु भएको छ।

कोरोना भाइरसको त्रास जारी रहेका बेला जेलमा कैदीहरुबीच झडप भएको हो।

कैदीहरु यो त्रासमा जेलबाट रिहा हुन चाहन्थे।

बेलायतमा अस्पताल कर्मचारीमा कोरोना

बेलायतको अस्पतालकी एक कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ।

साउथह्याम्प्टन विश्वविद्यालय अस्पतालकी कर्मचारीमा कोरोना संक्रमण पुष्टि भएपछि अन्य कर्मचारीलाई पनि आइसोलेसनमा राखिएको छ।

भारतमा संक्रमित फरार

भारतको एउटा अस्पतालबाट कोरोना भाइरस संक्रमित फरार भएका छन्।

दक्षिणी सहर म्याङलोरको एक अस्पतालमा भर्ना भएका संक्रमित भागेपछि प्रहरीले खोजी अभियान बढाएको छ।

उनी आइतबार दुबाईबाट फर्किएपछि अस्पताल भर्ना भएका थिए।

उनलाई विमानस्थलमा चेकजाँच गर्दा ज्वरो देखिएपछि अस्पताल लगिएको थियो। अस्पतालमा उनलाई कोरोना संक्रमण पुष्टि भएको थियो। उनी आजै भागेका हुन्।

प्रकाशित: Mar 09, 2020| 10:53 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ, उनीमाथि ३४ आरोप

अमेरिकी पूर्वराष्ट्रपति डोनाल्ड ट्रम्प पक्राउ परेका छन्। उनलाई प्रहरी हिरासतमा लिएको बीबीसीले जनाएको छ।

बंगलादेशको कपडा बजारमा ठूलो आगलागी

बजारमा तीन हजारभन्दा बढी कपडा पसल रहेको बताइएको छ। बजारमा लागेको आगो नजिकैका घरमा पनि फैलिएको छ।