पर्सा - घुस लिएर नक्कली नागरिकतालगायतका सरकारी कागजात बनाउने एक पूर्वगाविस सचिवलाई पर्सा प्रहरीले पक्राउ गरेको छ।
नक्कली नेपाली नागरिकता, जन्म र मृत्युदर्ता, बसाईसराई, विवाहदर्ता लगायतका सरकारी कागजातहरु रकम लिएर बनाईदिने बहुदरमाई नगरपालिका–७ रामनगरीका ६० वर्षीय बिन्दा प्रसाद साहलाई प्रहरीले पक्राउ गरेको हो।
साहको साथबाट नेपाली नागरिकताहरु, नागरिकता बनाउन प्रयोग हुने अनुसुची–१ का फारामहरु, जन्मदर्ता, मुत्युदर्ता, विवाहदर्ता, बसाईसराई, जन्म प्रमाणित र सिमकार्डहरु लगायतका नक्कली कागजात बनाउन प्रयोग हुने विभिन्न अन्य कागजातहरु बरामद गरिएको प्रहरीले जनाएको छ।
यसबारे थप अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ।