बिहीबार, भदौ ४, २०८३

ट्राफिक प्रहरीलाई घुस दिन खोज्ने पक्राउ

मापसे कारबाहीबाट जोगिन ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

काठमाडौं - मापसे कारबाहीबाट जोगिन ट्राफिक प्रहरीलाई आर्थिक प्रलोभनमा पार्न खोज्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

कलंकी चोकमा डिउटीमा खटिएका ट्राफिक प्रहरीले शंका लागि सवारीसाधन चेकजाँच गर्ने क्रममा कालीमाटीबाट कलंकी आउँदै गरेको बा५च ९०५१ नम्बरको कारका चालक चन्द्रागिरी नगरपालिका घर भएका ४२ वर्षीय विनोद श्रेष्ठलाई पक्राउ गरिएको हो।

मादक पदार्थ सेवन गरी श्रेष्ठले सवारी चलाएकोले प्रहरीलाई प्रलोभनमा पार्न ५ हजार रुपैयाँ दिएर कानुनी कारबाहीबाट बच्न खोजेको ट्राफिक महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक भीमप्रसाद ढकालले जानकारी दिए।

ट्राफिक प्रहरीले आवश्यक अनुसन्धानका लागि चालक र सवारी साधन नियन्त्रणमा लिएर महानगरीय प्रहरी वृत्त कालिमाटीमा बुझाएको महानगरीय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

प्रकाशित: Mar 09, 2020| 07:34 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।