बिहीबार, भदौ ४, २०८३

उपत्यकाका ७५ ठाउँमा चेकिङ, १४ सय ट्राफिक फिल्डमा

होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि रोक्न काठमाडौं उपत्यकाका ७५ ठाउँमा ट्राफिक चेकिङ भइराखेकाे छ। ३९ ठाउँमा हुँदै आएको चेकिङलाई बढाएर
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

काठमाडौं- होलीमा हुनसक्ने उच्छृङ्खल गतिविधि रोक्न काठमाडौं उपत्यकाका ७५ ठाउँमा ट्राफिक चेकिङ भइराखेकाे छ।

३९ ठाउँमा हुँदै आएको चेकिङलाई बढाएर आज ७५ ठाउँमा चेकिङ राखिएको महानगरिय ट्राफिक प्रहरी प्रवक्ता एसपी जीवन कुमार श्रेष्ठले नेपाल समयलाई जानकारी दिए । उनका अनुसार आज उपत्यकामा १४ सय ट्राफिक प्रहरी खटिएका छन् ।

कुनैपनि उच्छृङ्खल गतिविधि गरेको पाइएकमा, तिब्र गतिमा सवारी चलाएको भेटिएमा तुरुन्त कारबाही गरिने एसपी श्रेष्ठ बताए । कडाइका साथ चेकिङ भएको र ठाउँ ठाउँमा मापसेसमेत चेकिङ भइराखेको उनले जानकारी दिए ।

उच्छृङ्खल गतिविधि गर्नेलाई प्रहरीले पक्राउ समेत गर्ने भएको छ । होलीको समयमा अत्याधिक दुर्घटना हुने उपत्यकाका १४ सय ट्राफिक नै खटाइएको महानगरिय ट्राफिक प्रहरी महाशाखाले जनाएको छ।

यस वर्षको होलीमा अघिल्लो वर्षको जस्तो सवारीको चाप नदेखिएको र होली खेल्नेहरु पनि खासै देखिएका छैनन् । कोरोना भाइरसको जोखिमका कारण सडकमा होली खेल्नेहरुको पालतो उपस्थिति छ ।

प्रकाशित: Mar 09, 2020| 05:46 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।