बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अन्तरगृह मिथिला परिक्रमामा हजारौं सहभागी, परेन कोरोना प्रभाव

अन्तरगृह मिथिला परिक्रमामा हजारौं सहभागी, परेन कोरोना प्रभाव

जनकपुरमा अन्तरगृह परिक्रमामा हजारौं संख्यामा श्रद्धालुहरु सहभागी भएका छन्।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

जनकपुरधाम–   जनकपुरमा अन्तरगृह परिक्रमामा हजारौं संख्यामा श्रद्धालुहरु सहभागी भएका छन्।

१५ दिने मिथिला मध्यमा परिक्रमाको अन्तिम दिन जनकपुरमा गरिने परिक्रमालाई अन्तरगृह परिक्रमा भनिन्छ।

जानकी मन्दिरलाई केन्द्र मानी गरिने पाँच कोश दूरीको पैदल यात्रा (पाँच कोशे परिक्रमा)  मा १५ दिने  परिक्रमाका सहभागी साथी अन्य स्थानीयको पनि ठूलो संख्यामा सहभागिता छ।

माध्यमिकी परिक्रमा गर्न नसक्नेले अन्तरगृह परिक्रमा गरे पनि पुग्ने जनविश्वास छ।

राति १२ बजे सुरु भएको अन्तरगृह परिक्रमा अपरान्हसम्म चल्दछ ।

यता परिक्रमामा सहभागी श्रद्धालुहरुलाई सुविधा दिन दर्जनौं निजी संघसंस्थाहरुले निःशुल्क भोजन, पानी, औषधिलगायतका आवश्यक सामग्रीहरु वितरण गरेका छन्।

जनकपुरस्थित वृहत्तर जनकपुर क्षेत्र विकास परिषद्ले बाह्रबिघा मैदानमा शुलभ शौचालय, श्रद्धालुहरुलाई विश्राम गर्न टेन्ट लगायतको व्यवस्था गरेको छ।

यसैगरी अन्तरगृह परिक्रमालाई ध्यानमा राखी परिक्रमा सडक क्षेत्रमा सुरक्षा व्यवस्थासमेत कडा पारिएको छ।

अन्तरगृह परिक्रमासँगै यस वर्षको मिथिला मध्यमा परिक्रमा आजै सम्पन्न हुने छ।

परेन कोरोनाको असर

विश्वभर फैलिएको कोरोना संक्रमणको असर भने मिथिला मध्यमा परिक्रमामा परेको देखिएन।

कोरोना संक्रमण हुनसक्ने आशंकामा भिडभाड,  भेला, सभा सम्मेलन नगर्न सरकारले आग्रह गरे पनि मिथिला मध्यमा परिक्रमा  हजारौं मानिस भेला भएका छन्।

प्रकाशित: Mar 09, 2020| 04:59 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।