बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • बालविकास केन्द्रमा अंग्रेजी माध्यममा पठनपाठनको तयारी

बालविकास केन्द्रमा अंग्रेजी माध्यममा पठनपाठनको तयारी

डोल्पाको मुड्केचुला गाउँपालिकाले बालविकास केन्द्रमा अंग्रेजी माध्यममा पढाई सञ्चालन गर्ने तयारी गरेको छ।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

डोल्पा– डोल्पाको मुड्केचुला गाउँपालिकाले बालविकास केन्द्रमा अंग्रेजी माध्यममा पढाई सञ्चालन गर्ने तयारी गरेको छ।

अंग्रेजी विषयमा विद्यार्थी कमजोर भएको भन्दै गाउँपालिकाले १३ बालविकास केन्द्रमा अंग्रेजी माध्यममा पठनपाठन गर्ने तयारी गरेको हो।

संघीय सरकारबाट दिँदै आएको रकममा केही थप गरी बालविकास केन्द्रमा अंग्रेजी माध्यममा पढाइ सुरु गर्न लागेको गाउँपालिका अध्यक्ष दत्तबहादुर शाहीले जानकारी दिए।

गाउँपालिकाले अंग्रेजी माध्यममा पढाइ सुरु गर्न आफैले पाठ्यपुस्तकसमेत तयार गरिसकेको छ। शिक्षा शाखाका दलबहादुर बस्नेतले बालविकास केन्द्रका लागि अंग्रेजी माध्यमको रंगीन पुस्तक छापिसकेको जानकारी दिए।

अंग्रेजी माध्यममा अध्यापन गराउन सबै बालविकास केन्द्रका शिक्षकलाई सात दिने तालिमसमेत दिइएको गाउँपालिकाले जनाएको छ।

रासस

प्रकाशित: Mar 09, 2020| 03:26 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।