बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अमेरिकी मोडलकाे गाँजा खेतीलाई वैधता दिने सरकारको तयारी

अमेरिकी मोडलकाे गाँजा खेतीलाई वैधता दिने सरकारको तयारी

संसद्मा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएसँगै सरकार त्यसलाई वैधता दिने तयारीमा लागेको छ।
 |  सोमबार, फागुन २६, २०७६

नेपाल समय

नेपाल समय

सोमबार, फागुन २६, २०७६

काठमाडौं– राजधानीबाट आज प्रकाशित दैनिक पत्रपत्रिकाले विभिन्न विषयलाई मुख्य समाचार बनाएका छन्।

नागरिक दैनिकले ‘अमेरिकी मोडलमा गाँजा खेती’ शीर्षकको समाचारलाई मुख्य बनाएको छ। “संसद्मा गाँजा खेतीलाई नियमन तथा व्यवस्थापन गर्न बनेको विधेयक दर्ता भएसँगै सरकार त्यसलाई वैधता दिने तयारीमा लागेको छ। निश्चित स्थान र प्रयोजनका लागि अनुगमनसहित कानुन निर्माण गरेर गाँजा खेती गर्न दिन सरकार सकारात्मक रहेको बताइएको छ। अमेरिकी मोडलमा गाँजा खेती गर्न दिने तयारी सरकारको छ,” नागरिकले लेखेको छ।

सोही दैनिकले कोरोना भाइरसबारे आधिकारिक सूचना संयन्त्रको अभाव रहेको जनाएको छ।

नयाँ पत्रिका दैनिकले ‘अंक बढाउन विद्यार्थीमाथि अत्याचार’ शीर्षकलाई मुख्य समाचार बनाएको छ।

“जुनसुकै मूल्यमा पनि राम्रो अंक ल्याउने र विद्यालयको प्रतिष्ठा बढाउने होडबाजीमा शिक्षकले आफ्नै विद्यार्थीलाई प्रताडित बनाइरहेका छन्। कम नम्बर ल्याउने विद्यार्थीलाई दुव्र्यवहार गर्ने मात्रै होइन, शारीरिक रूपमा कुटपिट गरेर हात भाँचिदिनेसम्मका घटना भएका छन्। यातनाकै कारण विद्यार्थीले आत्महत्यासमेत रोजेका छन्,” नयाँ पत्रिकाले लेखेको छ।

सोही दैनिकले अस्ट्रेलियामा नेपाली युवालाई कोरोना पोजेटिभ देखिएको समाचार पनि पहिलो पेजमै छापेको छ।

अन्नपूर्ण पोस्ट दैनिकले नेपाल प्रवेश गर्ने विदेशी नागरिकले स्वास्थ्य प्रमाणपत्र बुझाउनुपर्ने विषयको समाचारलाई मुख्य पेजमा छापेको छ। अन्नपूर्णका अनुसार चीन, दक्षिण कोरिया, इटाली, इरान र जापानबाट आउने विदेशीले अफू संक्रमित नभएको स्वास्थ्य प्रमाणपत्र हवाई कार्यालय र अध्यागमन नाकामा बुझाउनुपर्नेछ। यस्तै, सोही दैनिकले इटालीले आफ्ना १ करोड ६० लाख मानिसलाई क्वारेन्टाइनमा बस्न निर्देशन दिएको समाचार पनि पहिलो पेजमै प्रकाशित गरेको छ।

कान्तिपुर दैनिकले ‘डीआईजी कटौतीबारे गृह सचिव–आईजीपी भनाभन’ शीर्षकको समाचार प्रकाशित गरेको छ। यस्तै, कान्तिपुरले ‘ग्यास मौज्दात पर्याप्त’ शीर्षकको अर्काे समाचार पनि मुख्य पेजमै छापेको छ।

कारोबार दैनिकले ‘११ वर्षदेखिको विद्युत ऐन झनै अपरिपक्क’ शीर्षकको समाचारलाई मुख्य पेजमै छापेको छ।

प्रकाशित: Mar 09, 2020| 01:22 सोमबार, फागुन २६, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।