बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • सुरक्षाको अनुभूति गराउन प्रहरीले सक्रियता बढाउनुर्छ : आइजीपी ज्ञवाली

सुरक्षाको अनुभूति गराउन प्रहरीले सक्रियता बढाउनुर्छ : आइजीपी ज्ञवाली

प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अझैँ बढी संवेदनशिल हुनुपर्ने बताएका छन्।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं- प्रहरी महानिरीक्षक ठाकुर प्रसाद ज्ञवालीले नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अझैँ बढी संवेदनशिल हुनुपर्ने बताएका छन्।

महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा मातहतका प्रहरी अधिकृतहरुलाई आइतबार निर्देशन दिँदै ज्ञावालीले नागरिकलाई सुरक्षाको अनुभूति गराउन प्रहरी अझैँ सक्रिय रुपमा प्रस्तुत हुनुपर्ने बताए।

मातहतका कर्मचारीहरुको मनोबल उच्च बनाई उत्कृष्ट व्यवहार, क्रियाकलाप, व्यवसायिक दक्षता तथा सिपका साथ कार्य सम्पादन गर्नतर्फ अग्रसर हुन उनले निर्देशन दिए।

‘संगठनले लिएको लक्ष्य र उद्देश्य अनुरुप सुरक्षा व्यवस्थालाई अझ सुदृढ गर्दै सबै प्रहरी कर्मचारीहरु आफ्नो दायित्व पुरा गर्न केन्द्रित हुनुपर्यो’ महानिरीक्षक ज्ञवालीले भने, ‘हुण्डी, कालाबजारी, चोरी निकासीलगायत अन्य अपराधिक गतिविधि नियन्त्रणमा लिन प्रहरी थप सक्रिए हुन जरुरी छ।’

सबै प्रहरी कर्मचारीले सकारात्मक सोच एवम् उत्कृष्ट व्यवहार र आचरणका साथ नागरिक केन्द्रित सेवा प्रदान गर्नुपर्नेमा ज्ञावालीले जोड दिए।

उपत्यकाको ट्राफिक व्यवस्थापनमा देखिएको चुनौति समाधानका लागि त्यसमा संलग्न सबै सरोकारवाला निकायसँग समन्वय र सहकार्य गर्दै अगाडि बढ्न ज्ञवालीले निर्देशन दिए।

प्रकाशित: Mar 08, 2020| 12:44 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।