बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकार फौजदार प्रहरीद्वारा सार्वजनिक

पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकार फौजदार प्रहरीद्वारा सार्वजनिक

पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकारलाई प्रहरीले १२ वर्षपछि आइतबार बिहान पक्राउ गरी सार्वजनिक गरेको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

बारा– पत्रकार वीरेन्द्र साहको हत्याका मुख्य योजनाकारलाई प्रहरीले १२ वर्षपछि आइतबार बिहान पक्राउ गरी सार्वजनिक गरेको छ।

जिल्ला प्रहरी कार्यालय बाराले पत्रकार सम्मेलन गरी मुख्य योजनाकार भनिएका महागढीमाई नगरपालिका– ६ का कुन्दन फौजदारलाई सार्वजनिक गरेको हो।

प्रहरीले फौजदारलाई शनिबार उनकै घरबाट पक्राउ गरेको थियो।

प्रहरी उपरीक्षक कृष्ण पंगेनीको नेतृत्वमा खटिएको प्रहरी टोली फौजदारलाई पक्राउ गर्न जाँदा परिवार र स्थानीयले केही बेर अवरोध गरेका थिए।
त्यसबेला परिस्थिति नियन्त्रणमा लिन चार राउण्ड हवाई फायर गर्नुपरेको प्रहरी उपरीक्षक पंगेनीले बताए।

पत्रकार सम्मेलनमा पंगेनीले पत्रकार साहको हत्यामा मुख्य योजनाकार फौजदारसहित पाँच जनाको संलग्नता रहेको बताए।

२०६४ असोज १८ गते बाराको पिपरा बजारबाट अपहरणमा परेका साहको साहको शव कार्तिक २२ गते टांगियाबस्तीको जंगलमा भेटिएको थियो।

घटनापछिको लामो समय खुलेआम हिंडिरहेका फौजदार पछिल्लो समय भने लुकेर बसेका थिए।  फौजदार घरमा आएको सूचना पाएपछि बारा प्रहरीको टोली राति २ बजे उनको घर पुगेको थियो।

हत्यामा संलग्न लालबहादुर चौधरी धामी र ईनर्वा मझरियाका हरेराम पटेल अझै फरार छन्।

यसअघि यसै घटनामा संलग्न जीतपुरसिमरा उपमहानगरपालिका–२० बसडिल्वाका मेनेजर गिरी ११ वर्ष जेल सजाय भुक्तान गरी छुटिसकेका छन्।

अर्का अभियुक्त रामएकवाल सहनी १० वर्षदेखि वीरगन्ज कारागारमा कैद भुक्तान गरिरहेका छन्।

प्रकाशित: Mar 08, 2020| 12:35 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।