काठमाडौं– नेपालमा पहिलो भलिबल फ्रेन्चाइज नेपाल सुपर लिग नोभेम्बर र डिसेम्बरमा हुने भएको छ। नेपाल भलिबल संघ(एनभीए)ले मंगलबार स्पोर्ट्स इभेन्ट्स एन्ड म्यानेजमेन्ट प्रालिसँग सम्झौता गर्दै भलिबको फ्रेन्चाइज लिग गर्ने भएको हो।
स्पोर्ट्स इभेन्ट्स एन्ड म्यानेजमेन्ट प्रालिले यसअघि दशरथ रंगशालामा नेपालमा पहिलो फुटबल फ्रेन्चाइज लिग आयोजना गरिसकेको छ। पहिलो फुटबल फ्रेन्चाइज लिग दशरथ रंगशालामा जेठमा आयोजना भएको थियो।
त्यसपछि उसले भलिबलमा पनि फ्रेन्चाइज प्रतियोगिताको आयोजना गरेको हो। लिगको प्राविधिक पक्ष एनभीएले हेर्नेगरि सम्झौता भएको हो। लिग नोभेम्बर १७ देखि डिसेम्बर १७ सम्म हुनेछ।