बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • 'संसारका ९० प्रतिशत मानिस महिलाप्रति पूर्वाग्रह राख्छन्'

'संसारका ९० प्रतिशत मानिस महिलाप्रति पूर्वाग्रह राख्छन्'

लैंगिक असमानता अन्त्य गर्ने दिशामा पछिल्लो दशक थुप्रै उपलब्धि भएका छन्। यसका बावजुद संसारका ९० प्रतिशत पुरुष वा महिला महिलाविरुद्ध कुनै न कुनै प्रकारको पूर्वाग्रह राख्ने गरेका छन्।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

लैंगिक असमानता अन्त्य गर्ने दिशामा पछिल्लो दशकमा थुप्रै उपलब्धि भएका छन्। यसका बाबजुद संसारका ९० प्रतिशत पुरुष वा महिलाले महिलाविरुद्ध कुनै न कुनै प्रकारको पूर्वाग्रह राख्ने गरेका छन्।

संयुक्त राष्ट्र संघ विकास कार्यक्रम (युएनडीपी)को एउटा ताजा प्रतिवेदनअनुसार महिलामाथि पूर्वाग्रह राख्नेमा महिला पनि छन्। यूएनडीपीले पहिलो पटक तयार गरेको ‘जेण्डर सोसल नम्स इन्डेक्स’ का लागि ७८ वटा देशमा अध्ययन गरिएको छ। जहाँ विश्वको लगभग ८० प्रतिशत जनसंख्या रहेको छ।

यी तथ्यांकहरुको विश्लेषण गर्दा महिलाहरुले समानता हासिल गर्न थुप्रै अदृष्य बाधाहरुको सामना गर्नुपरेको छ। यो प्रतिवेदनपछि यूएनडीपीले महिलाहरुमा समानताका विषयमा थुप्रै काम गर्न सकिने विश्वास पनि गरेको छ।

प्रतिवेदनमा प्रस्तुत गरिएको तथ्यांकअनुसार यस अध्ययनका लागि जो व्यक्तिहरुसँग कुरा गरिएको थियो, उनीहरुमध्ये आधाजसो व्यक्तिमा पुरुष सर्वश्रेष्ठ राजनीतिक नेता बन्छन् र महिला बन्न सक्दैनन् भन्ने विश्वास रहेको पाइएको थियो।

जबकी ४० प्रतिशत भन्दा बढीको विचार थियो कि पुरुष श्रेष्ठ व्यापारिक व्यक्ति बन्न सक्छन्, कार्यकारी प्रमुख बन्न सक्छन्। त्यसैले अर्थव्यवस्था कमजोर हुँदा पुरुषलाई त्यसप्रकारका कामहरुको जिम्मा दिनुपर्छ जसले कुनै संस्था वा देशको अर्थतन्त्र धान्न सक्छन्।

२८ भन्दा धेरै प्रतिशत व्यक्तिले पतिले पत्नीलाई कुटपीट गर्नु ठिकै भएको धारणा राखेका थिए।

यूएनडीपीको मानव विकास रिपाेर्ट कार्यालयका अध्यक्ष पेड्रो कोन्सीकाओ भन्छन्, ‘महिलालाई पनि पुरुष सरह आधारभूत आवश्यकताहरु पूरा गर्ने स्तरमा पुर्याउन यो दशकमा हामीले धेरै प्रगति गरेका छौँ।’

उनले थपे, ‘प्राथमिक विद्यालयहरुमा अहिले छात्र र छात्राको संख्या लगभग बराबरी भैसकेको छ र सन् १९९० पछि मातृत्वसम्बन्धी रोगहरुबाट महिलाको मृत्यु हुने दर ४५ प्रतिशतले कमी आएको छ।’

तर लैंगिक असमानता अहिले पनि थुप्रै क्षेत्रमा रहेको उनको भनाइ छ। उनी भन्छन्, ‘खासगरी बल प्रयोग गरेर काम गर्नुपर्ने काममा महिलाहरुलाई हेर्ने दृष्टिकोण अझै धेरै कमजोर छ। वास्तविक लैंगिक समानता हासिल गर्ने प्रयासहरुमा यस्ता क्षेत्रको निर्णायक प्रभाव रहेको छ।’

यो प्रतिवेदनमा लगभग ३० प्रतिशत देशमा महिलाहरुप्रतिको पूर्वाग्रहमा केही परिवर्तन देखिएको छ।

केही देशमा पूर्वाग्रह हटाउने प्रयासहरु भइरहेका छन्, जबकि कतिपय देशहरु महिलाप्रति झन् कठोर बन्दै गएकोसमेत देखिएको छ। यसबाट महिलाका पक्षमा भएका परिवर्तनलाई दिगो परिवर्तनका रुपमा हेर्न सकिने अवस्था अझै नरहेको प्रतिवेदनको ठम्याइ छ।

वर्तमान अन्तर

यो नयाँ प्रतिवेदनअनुसार शिक्षा तथा स्वास्थ्य जस्ता केही विकास क्षेत्रमा लैंगिक समानताका पक्षमा भएको केही प्रगतिका बावजुद आर्थिक, राजनीतिक क्षेत्रका साथै कर्पोरेशनमा पनि पुरुष र महिलाबीच विशाल सत्ता दूरी कायम छ।

साथै महिलाहरुको राजनीतिक तथा आर्थिक क्षेत्रमा सहभागिताका लागि कतिपय देशमा कानुनी बाधासमेत रहेका छन्, तर कतिपयले यस्ता बाधाहरु हटाएका छन्।

यूएनडीपीका अनुसार विश्वभरका महिलाले मतदान गर्छन् तर विश्वभर संसदीय सिटमा निर्वाचित हुने महिलाको संख्या भने २४ प्रतिशत मात्रै छ।

साथै संसारका १९३ देशमा केवल १० देशमा मात्रै महिला कार्यकारी प्रमुख रहेका छन्।

यसका साथै एकैप्रकारको काम गर्ने महिला पुरुषको तलबको तुलनामा महिलालाई थोरै तलब तथा वरिष्ठ पदमा पुग्ने कम अवसर छन्।

तथ्यांकअनुसार संयुक्त राज्य अमेरिकामा दर्ता भएका ५ सय बढी शेयर बजार कम्पनीमा मुख्य कार्यकारी अधिकृत पदमा ६ प्रतिशतमात्रै महिलाहरुले काम गर्ने गरेका छन्।

महिला पनि पुरुषबराबर धेरै समयसम्म काम गर्छन् तर पनि महिलाहरुका कतिपय यस्ता काम हुन्छन्, जो कसैको हेरचाह गर्नुपर्ने, कसैलाई संरक्षण गर्नुपर्ने तर यस्ता कामबाट महिलालाई तलब प्राप्त हुँदैन।

भेदभावपूर्ण मूल्य मान्यता परिवर्तन

यूएनडीपीले सन् २०२० मा बेइजिङ घोषणापत्रको २५ औं वर्षगाँठ भएको स्मरण गराउँदै उक्त घोषणापत्र कार्यान्वयनमा जोड दिएको छ। यो घोषणापत्र महिला सशक्तिकरणको अहिलेसम्मको सबैभन्दा महत्वाकांक्षी दस्ताबेज हो।

यो घोषणापत्रमा विश्वव्यापीरुपमा महिलामाथिको भेदभावपूर्ण सामाजिक मूल्य मान्यतालाई अन्त्य गर्न जोड दिइएको छ।

प्रकाशित: Mar 08, 2020| 08:52 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।