बिहीबार, भदौ ४, २०८३

मोटरसाइकल एकआपसमा ठोक्किँदा एकजनाको ज्यान गयो

इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहका अनुसार मृतक म २ प ५२२ नम्बर मोटरसाइकलका चालक हुन्।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

धनगढी– कञ्चनपुरको पुनर्वासमा दुईवटा मोटरसाइकल एकआसपमा ठोक्किँदा एकजनाको ज्यान गएको छ। दुर्घटनामा ३ जना घाइते भएका छन्।

जिल्लाको पुनर्वास नगरपालिका–८ ‘क’ गाउँमा आज दिउँसो से ४ प ६९६६ नम्बरको मोटरसाइकल र म २ प ५२२ नम्बरको मोटरसाइकल एकआपसमा ठोक्किँदा १६ वर्षीय दिनदयाल रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

इलाका प्रहरी कार्यालय त्रिभुवन वस्तीका प्रहरी निरीक्षक वकिल बहादुर सिंहका अनुसार मृतक म २ प ५२२ नम्बर मोटरसाइकलका चालक हुन्।

से ४ प ६९६६ नम्बर मोटरसाइकलका चालक पुनर्वासको बीचफाँटाका १८ वर्षीय धर्मेन्द्र सुनार गम्भीर घाइते भएका छन्। उनलाई सेती प्रादेशिक अस्पताल धनगढीले थप उपचारका लागि कोहलपुर मेडिकल कलेज रेफर गरेको छ।

अन्य घाइतेमा ‘च’ गाउँका अर्जुन राना र कैलालीको गोदावरीका अनिल लामिछानेको धनगढीमै उपचार भैरहेको छ।

प्रकाशित: Mar 08, 2020| 08:21 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।