बिहीबार, भदौ ४, २०८३

धरानमा सुरु भयो व्यावसायिक जिप लाइन

धरानमा व्यावसायिक जिप लाइन उडान सुरु भएको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

इटहरी– धरानमा व्यावसायिक जिप लाइन उडान सुरु भएको छ।

भेडेटारको स्वागतद्वारमा रहेको टेकअफ स्टेसनबाट धरान–४ देवीथानमा रहेको ल्यान्डिङ क्षेत्रसम्म ६५० मिटर दुरीको जिप लाइन सञ्चालनमा ल्याइएको हो।

उद्घाटनपछि धरान उपमहानगपालिकाकी उपमेयर मञ्जु भण्डारीले जिप लाइन उडान गरेकी छन्।

तारमा तुन्दु्रङ झुन्डिएर धरान–भेडेटारको नागबेली सडक र सुन्दर प्रकृति हेर्दै यात्रा गर्दा रमाइलो लागेको भण्डारीले बताइन् । यात्रा गर्न ४५ सेकेन्ड लागेको थियो।

उपमेयर भण्डारीका लागि गृहनगरमा निर्माण भएको प्रदेशकै पहिलो जिप लाइन नयाँ अनुभव हो। उनले भनिन्, ‘जिप लाइनले त अस्वस्थलाई पनि स्वस्थ्य बनाउने रैछ। फ्रेस भएँ।’

दुई वर्षको अध्ययनपछि ३ करोड लागतमा बनेको भेडटार देवीथान जिप लाइन बन्न चार महिना लागेको कम्पनीका सदस्य विवश भण्डारीले जानकारी दिए।

अस्ट्रियन प्राविधिक तथा अमेरिकी प्रविधिले जिप लाइन निर्माण भएको छ ।

कम्पनीका सञ्चालक केदार थापाका अनुसार १६ एमएम डाइमिटरको जिप लाइन केवलको क्षमता ११ हजार ३ सय केजी छ। हार्नेस र क्याराबिनरको क्षमता क्रमशः २२ सय र २७ सय केजी छ।

क्यासिक, सुपरम्यान र टेन्डेम गरी तीन प्रकारका सेवा हुने जिप लाइनको शुल्क नेपालीलाई क्रमशः १२ सय, १५ सय र २ हजार लाग्छ। विदेशीलाई भने १५ देखि २२ डलरमा सेवा दिइने उनले बताए ।

 

प्रकाशित: Mar 08, 2020| 07:59 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।