बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १२ वर्षपछि समातिएका पत्रकार साहकाे हत्या आरोपी सार्वजनिक

१२ वर्षपछि समातिएका पत्रकार साहकाे हत्या आरोपी सार्वजनिक

बाराका पत्रकार वीरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार पक्राउ परेका छन्।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं– बाराका पत्रकार वीरेन्द्र साहको हत्याका आरोपी कुन्दन फौजदार पक्राउ परेका छन् ।शनिबार राति बाराको बारागढी गाउँपालिका–६ गडहलगाउँस्थित घरैबाट फौजदार पक्राउ परेको प्रहरीले जनाएको छ।

बारा प्रहरीले आज पत्रकार सम्मेलन गरी फौजदारलाई सार्वजनिक गरेको छ। २०६४ साल कात्तिक १८ गते पत्रकार साहलाई बाराको ढोडिया पिपरागाउँ नजिकैबाट तत्कालीन सशस्त्र माओवादी कार्यकर्ताले अपहरण गरेका थिए।

अपहरित पत्रकार साहको अवस्था सार्वजनिक गर्न आवाज उठ्न थालेपछि खोजतलास गर्दै जाँदा अपहरणको झण्डै एक महिनापछि शव फेला पारेको थियो।

साहको हत्यामा संलग्न रहेको आरोपमा तत्कालीन माओवादी कार्यकर्ता हरेराम पटेललगायत दुई जनालाई प्रहरीले पक्राउ गरिसकेको थियो।

साह तत्कालीन स्पेस नेटवर्कबाट सञ्चालित स्पेसटाइम दैनिक र मनकामना एफएम हेटौंडाको संवाददाता थिए।

प्रकाशित: Mar 08, 2020| 08:01 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।