बिहीबार, भदौ ४, २०८३

ड्यूटीका सईलाई छुरा हान्न खोज्नेमाथि गोली प्रहार

ड्यूटीमा खटिएका प्रहरी नायव निरीक्षक (सई) लाई मध्यरातमा छुरा प्रहार गर्न खोज्ने तीन जनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं– ड्यूटीमा खटिएका प्रहरी नायव निरीक्षक (सई) लाई मध्यरातमा छुरा प्रहार गर्न खोज्ने तीन जनालाई प्रहरीले गोली हानेर नियन्त्रणमा लिएको छ।

पूर्वी नवलपरासीको मध्यविन्दु नगरपालिका–२ कोल्हुवामा शनिबार राति करिब ११ बजे मापसे चेकिङ गरिरहेका प्रहरीमाथि छुरा हान्न खोज्नेविरुद्ध आत्मरक्षाका लागि गोली चलाउनु परेको प्रहरी उपरीक्षक दीपक रेग्मीले जानकारी दिए।

“मापसे गरेर एउटै मोटरसाइकलमा तीन जना आइरहेका थिए, प्रहरीले रोक्न खोज्दा नमानेपछि सई अगाडि उभिएर मोटर साइकल रोकेलगत्तै चालकले छुरा निकालेर प्रहार गर्न खोजे” रेग्मीले भने, “त्यसक्रममा आत्मरक्षाका लागि गोली प्रहार गर्नु परेको होे।”

प्रहरीका अनुसार मोटरसाइकलमा सवार मध्यविन्दु–३ का ३५ वर्षीय प्रेम महतोको खुट्टा र कम्मरमुनी गोेली लागेको छ।

उनको चितवन मेडिकल कलेजमा शल्यक्रिया गरिएको र अवस्था सामान्य रहेको प्रहरी उपरीक्षक थापाले नेपाल समयलाई बताए।

मोटरसाइकलमा सवार मुन्ना महतो र सुरज महतोलाई पनि प्रहरीले नियन्त्रणमा लिएको छ।  थप अनुसन्धान गरी उनीहरुविरुद्ध मुद्दा चलाइने थापाले जानकारी दिए।

प्रकाशित: Mar 08, 2020| 07:49 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।