बिहीबार, भदौ ४, २०८३

नेविसंघले देशैभर मास्क बाँड्ने

नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा मास्क वितरण गरेको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं– नेपाली कांग्रेसको भ्रातृ संगठन नेपाल विद्यार्थी संघले काठमाडौंमा मास्क वितरण गरेको छ। कोराना भाइरसको प्रकोपबाट बच्नका लागि आइतबार बानेश्वरमा एक हजार सर्वसाधारणलाई मास्क वितरण गरेको नेविसंघले जनाएको छ।

मास्क वितरण कार्यक्रमको उद्घाटन संघकी सहमहामन्त्री महेश्वरी कुँवरले गरेकी थिइन्।

कार्यक्रममा संघका नेता दुजाङ शेर्पा, संघका निवर्तमान केन्द्रीय सदस्य संजिब खड्का, संघका नेपाल कमर्स क्याम्पसका सभापति सरोज तिमल्सिनालगायत सहभागी थिए ।

भ्याली इन्जिनियरिङ क्याम्पसले सुरु गरेको निःशुल्क मास्क वितरण कार्यक्रमलाई नेपाल विद्यार्थी संघले देशभर संचालन गर्ने शाहले जानकारी दिए।

प्रकाशित: Mar 08, 2020| 06:19 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।