काठमाडौं– नेपाली महिला एक दिनका लागि नेपालस्थित बेलायती दूतावासको राजदूत हुन पाउने भएका छन्। बेलायतबाट पहिलो महिला राजदूतको रुपमा नेपाल आएकी निकोला पोलिटले अन्तर्राष्ट्रिय नारी दिवसका अवसरमा यो ‘अफर’ ल्याएकी हुन्।
उनले ट्वीटरमार्फत् अन्तर्राष्ट्रिय नारी दिवसको शुभकामना दिँदै उक्त प्रतियोगिताको घोषणा गरेकी छन्। प्रतियोगितामा १८ देखि २५ वर्षसम्मका नेपाली महिला सहभागी हुन पाउनेछन्।
सहभागी हुने महिलाले लैंगिक समानता र महिलाको सहभागिता कसरी बढाउने विषयमा एक मिनेटको भिडियो बनाएर सामाजिक सञ्जालमा राख्नु पर्नेछ। भिडियो अंग्रेजी, नेपाली जुनसुकै भाषामा बनाउन सकिनेछ। २७ अप्रिलसम्म भिडियो पठाएर प्रतियाेगितामा भाग लिन सकिनेछ।
भिडियो राख्नेमध्ये एकजना उत्कृष्टलाई राजदूत निकोलाको नेतृत्वमा रहने छनोट समितिले चयन गर्नेछ।
विजयी हुने महिला नेपालस्थित बेलायती दूतावासमा एक दिनका लागि राजदूत हुनेछिन्। उनका लागि एक दिनको कार्यतालिका बनाइनेछ।
यहाँ क्लिक गरेर प्रतियोगितामा भाग लिन सकिनेछ।