बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • राप्रपा र राप्रपा (संयुक्त)बीच पार्टी एकता गर्ने सहमति, फागुन २८ मा घोषणा

राप्रपा र राप्रपा (संयुक्त)बीच पार्टी एकता गर्ने सहमति, फागुन २८ मा घोषणा

राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ।
 |  आइतबार, फागुन २५, २०७६

नेपाल समय

नेपाल समय

आइतबार, फागुन २५, २०७६

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) र राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) संयुक्तबीच पार्टी एकता गर्ने सैद्धान्तिक सहमति भएको छ।

शनिबार राति भएकाे १० बुँदे सहमतिमा राप्रपा अध्यक्ष कमल थापा र राप्रपा (संयुक्त)का अध्यक्षद्वय पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनीले हस्ताक्षर गरेका छन्। सहमति अनुसार पार्टी एकताको घोषणा यही फागुन २८ गते हुनेछ।

जनताले राष्ट्रियता र प्रजातन्त्रको धरातलमा खडा भएको राजनीतिक शक्तिको उपस्थिति खोजेकाले पार्टी एकता गरेको नेताहरूले बताएका छन्।

सहमतिमा एकीकृत पार्टीको नाम राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) रहने उल्लेख छ। यस्तै, पार्टीमा कमल थापा, पशुपतिशम्शेर राणा र डा. प्रकाशचन्द्र लोहनी गरी तीन अध्यक्ष रहनेछन्।

पार्टीले पूर्ण धार्मिक स्वतन्त्रतासहित सनातन धर्म सापेक्ष हिन्दु राष्ट्र, साझा संस्थाको रूपमा राजसंस्था रहनेलगायत नीति र सिद्धान्त लिएको छ।

यस्तै, आगामी डेढ वर्षभित्र महाधिवेशन गर्ने सहमतिमा उल्लेख छ। त्यसबेलासम्म पार्टीको दैनिक कार्यसञ्चालनका लागि तीन अध्यक्ष रहने निर्देशक समिति बनाइने सहमतिमा उल्लेख छ।

प्रकाशित: Mar 08, 2020| 02:01 आइतबार, फागुन २५, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।