बिहीबार, भदौ ४, २०८३

दुर्घटनामा कञ्चनपुरमा २ जनाको मृत्यु

कञ्चनपुरमा शनिवार भएका छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

कञ्चनपुर- कञ्चनपुरमा शनिवार भएका छुट्टाछुट्टै दुर्घटनामा परी २ जनाको मृत्यु भएको छ।

म १ ख ८४९ नम्बरको टिप्परले ठक्करबाट बेलौरी नगरपालिका–८ का ९ वर्षीय आकाश रानाको मृत्यु भएको प्रहरीले जनाएको छ।

सोही नगरपालिका–४ बुटाबारीबाट बेलौरीतर्फ जाँदै गरेको उक्त टिप्परको ठक्करबाट गम्भीर घाइते भएका रानाको धनगढीमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी नायव उपरिक्षक बिन्द्रनाथ पौडेलले जानकारी दिए।

यस्तै कञ्चनपुरकै पुर्नवासमा पु.न.ह.३८१ नम्बरको अटो अनियन्त्रित सु.प.प ०१००१ नम्बरको अर्को अटोमा ठोक्किदा अटो चालक स्थानीय ३५ बर्षीय अर्जुन धामीको मृत्यु भएको छ।

कुकुरलाई बचाउन खोज्ने क्रममा भएको उक्त अटो दुर्घटनामा परी घाइते भएका धामीको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको प्रहरीले जनाएको छ।

प्रकाशित: Mar 07, 2020| 13:38 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।