बिहीबार, भदौ ४, २०८३

नयाँ पदयात्रा गन्तव्य ‘फिकुरी’

संघीय राजधानी काठमाडौंबाट नजिकै रहेको नुवाकोटको फिकुरी डाँडा नयाँ ट्रेकिङ गन्तव्य बन्न थालेको छ।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

नुवाकोट- संघीय राजधानी काठमाडौंबाट नजिकै रहेको नुवाकोटको फिकुरी डाँडा नयाँ ट्रेकिङ गन्तव्य बन्न थालेको छ।

फिकुरी डाँडाबाट लाङटाङ, गोसाइकुन्ड, मनास्लु, अन्नपूर्ण र गणेश हिमालमात्र होइन, तिब्बती हिमश्रृंखला देख्न सकिन्छ। हरिबोधिनी अर्थात् ठूलो एकादशीमा फिकुरी महादेव मन्दिरमा विशेष मेला समेत लागेको लाग्ने गरेको छ।

त्यस अवसमा देशका विभिन्न भागबाट हजारौं दर्शनार्थीहरु त्यहाँ जाने गरेका छन्। त्यो अवसरमा त्यहाँ पुग्नसके इच्छाएको मनोकामना पुरा हुने जनविश्वास छ।

फिकुरी ट्रेकिङ ट्रेलको अध्ययन भ्रमणबाट भर्खरै काठमाडौ फर्केका पदयात्रीहरुले सो ट्रेकिङ ट्रेल नेपालको पहाडी पर्यटनमा एउटा महत्वपूर्ण ट्रेल हुने बताएका छन्।

रसुवा–नुवाकोट पर्यटन समाजको आयोजना र नेपाल पर्यटन बोर्डको सहयोगमा अध्ययन भ्रमण भएको हो। ३ हजार ८ सय मिटर उचाइको फिकुरी डाँडाबाट केही नजिकमा रहेको ढ्वाछाप भेडीखर्कमा पुगेर ५५ जनाको टोलीले ‘क्याम्पिङ’ गरेको थियो।

लाङटाङ सद्भावना दूतसमेत रहेका पत्रकार अशोक सिलवालले नुवाकोटको ऐतिहासिक साततले दरबार, सूर्यगढी, किस्पाङ हुँदै फिकुरी पुगेर रसुवाको ठूलोगाउँ र घलेगढी भएर टुँगिने यो भर्जिन ट्रेल भएको बताए।

‘यो ट्रेल इतिहास, प्रकृति र संस्कृतिको संगम हो’, यात्राबाट फर्किएपछि उनले भने, ‘तामाङ, गुरुङ, नेवार र ब्राम्हण समुदायको जीवनसंस्कृति मात्र होइन, परम्परागत कृषि प्रणाली, विछट्टै लाग्ने पहाडी दृश्य, गाउँले जनजीवन र अनेक प्रजातिका चराचुरुङ्गी पनि अवलोकन गर्न सकिनेछ।’

राजधानीबाट सबैभन्दा नजिक रहेको यो ट्रेल छोटो र लामो दुवै खालको ट्रेकिङका लागि पनि उपयुक्त भएको ट्रेकिङ गाइड समेत रहेका सिलवालले बताए।

राजधानीबाट जम्मा ९७ किलोमिटर उत्तरपश्चिममा रहेको फिकुरी हुँदै रुबी भ्याली, गणेश हिमाल, तामाङ हेरिटेज, लाङटाङ र गोसाईकुन्डको पदयात्रामा जोडिन सकिन्छ।

रसुवा–नुवाकोट पर्यटन समाज उपाध्यक्ष शिव लामिछानेले फिकुरे डाँडालाई नयाँ पहाडी गन्तव्यको रुपमा विकास गर्न भ्रमण आयोजना गरेको बताए।

नेपाल पर्यटन बोर्ड सदस्य एवम् पूर्व टान अध्यक्ष दीपक महतले फिकुरी ट्रेलले विशेष पर्यटकीय सम्भावना बोकेकोले पूर्वाधार विकासमा तत्काल ध्यान दिनुपर्ने बताए।

प्रकाशित: Mar 07, 2020| 09:51 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।