बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • होली नखेल्न, रंग नदल्न र भिडभाडमा नजान गृह मन्त्रालयको अपिल

होली नखेल्न, रंग नदल्न र भिडभाडमा नजान गृह मन्त्रालयको अपिल

गृह मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) को उच्च जोखिम रहेको भन्दै होली नखेल्न आग्रह गरेको छ।
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

काठमाडौं- गृह मन्त्रालयले कोरोनाभाइरस (कोभिड–१९) को उच्च जोखिम रहेको भन्दै होली नखेल्न आग्रह गरेको छ।

आगामी सोमबार र मंगलबार पहाड तथा तराईमा मनाईने होली पूर्वको पूर्वसन्ध्यामा मन्त्रालयले एक विज्ञप्ति जारी गरी होली नखेल्न आग्रह गरेको हो।

होली खेल्दा भिडभाड तथा भेला जम्मा हुने र यस्ता कार्यले सम्भावित संक्रमणको जोखिमलाई बढाउन सक्ने भएकाले विगतका वर्षहरुमा जस्तो होली कार्यक्रमहरु नगर्न मन्त्रालयले आह्वान गरेको हो।

विज्ञप्तिमा भनिएको छ, ‘बढी भिडभाड हुने प्रकृतिको कुनै पनि सभा, सम्मेलन, भेला, कार्यक्रममा कोभिड–१९ को सम्भावित जोखिमको सन्दर्भमा हाललाई स्थगित गर्न र सन्निकट होलीमा विगतमा जस्तै भिडभाड, भेलाजम्मा हुने, लोलापानी फ्याक्ने, शरीरमा रंग, अविर दल्ने कार्य पनि जोखिमपूर्ण नै हुने हुँदा सो कार्य नगर्नु नगराउनुहुन अनुरोध छ।’

विज्ञप्तिमा कोरोनाको जोखिमबाट बच्ने सम्भावित उपायहरु अपनाउन आग्रह गरिएको छ।

ज्वरो आउने, सुख्खा खोकी लाग्ने र श्वासप्रश्वासमा समस्या आउने यसका प्रमुख लक्षण भएको भन्दै उच्च जोखिमका बावजुद पनि यसको प्रकोप रोक्न सकिने उल्लेख गरिएको छ।

हाल नेपालमा कोभिड–१९ संक्रमण भएका व्यक्तिहरु पत्ता नलागेको र यसका विषयमा सामाजिक सञ्जालहरुमा विभिन्न प्रकारका हल्ला एवम् प्रचारवाजी भइरहेकाले सजगता अपनाउन नागरिकलाई आवह्वान गरिएको छ।

साथै सरकारले यसको संक्रमण रोक्न सीमा नाका तथा अन्तर्राष्ट्रिय आवतजावत केन्द्रहरुमा प्रभावकारी स्वास्थ्य परीक्षण, रोगको निगरानी, अस्पतालको पूर्वतयारी लगायत रोकथामका लागि गरिने विभिन्न गतिविधिहरु प्राथमिकताका साथ कार्यान्वयन गरिरहेको उल्लेख गरिएको छ।

प्रकाशित: Mar 07, 2020| 09:33 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।