बिहीबार, भदौ ४, २०८३

महामूर्ख सम्मेलनको तयारी पूरा

होली (होरी) पर्वको अवसर पारेर जनकपुरमा मनाइने ‘महामूर्ख सम्मेलन’को तयारी पूरा भएको छ
 |  शनिबार, फागुन २४, २०७६

नेपाल समय

नेपाल समय

शनिबार, फागुन २४, २०७६

जनकपुरधाम– होली (होरी) पर्वको अवसर पारेर जनकपुरमा मनाइने ‘महामूर्ख सम्मेलन’को तयारी पूरा भएको छ। दुई दिन मनाइने होरी महोत्सव र महामूर्ख सम्मेलनको सम्पूर्ण तयारी पूरा भएको आयोजक संस्था मिथिला नाट्यकला परिषद् (मिनाप)ले जनाएको छ।

मिनापले शनिबार पत्रकार सम्मेलनको आयोजना गरेर दुई दिवसीय कार्यक्रमको सम्पूर्ण तयारी पूरा भएको जनाएको छ। पत्रकार सम्मेलनमा मिनापका अध्यक्ष प्रमेश झाले आइतबार हुने होरी महोत्सव र सोमबार महामूर्ख सम्मेलनको सम्पूर्ण तयारी पूरा भइसकेको जानकारी दिए ।

विश्वभर फैलिएको कोरोना संक्रमणले कार्यक्रम प्रभावित हुन्छ कि भन्ने हुने होइन भन्दै पत्रकारहरुको जिज्ञासामा अध्यक्ष झाले भने,“होरी महोत्सव र महामूर्ख सम्मेलनलाई हामीले कार्यक्रमभन्दा पनि पर्वको रूपमा लिएका छौं। दुई दिन मनाइने महोत्सवको माध्यमबाट हामी कोरोनाबाट बच्ने उपाय र रोकथामबारे सन्देश दिने प्रयास गर्ने छौं। होरी महोत्सव र महामूर्ख सम्मेलन स्थगित हुँदैन।”

मिनापका पूर्वअध्यक्ष सुनिल मल्लिकले महामूर्खको उपाधि कसलाई दिनबारे आज टुंगो लाग्ने जानकारी दिए। “शीर्ष राजनीतिज्ञदेखि अभियन्ता र समाजसेवीहरूको सूची तयार गरेका छौं। यस वर्षको ‘महामूर्ख’बारे आज टुंगो लाग्ने छ,” मल्लिकले भने।

महामूर्खको उपाधि दिने सूचीमा कांग्रेसका उपसभापति विमलेन्द्र निधि, प्रदेश २ का मुख्यमन्त्री लालबाबु राउत, भौतिक पूर्वाधार विकासमन्त्री जितेन्द्र सोनल लगायतका नेताहरू रहेको बताइएको छ ।

सम्मेलनमा महामूर्खको उपाधिका साथै अन्य व्यंग्यात्मक उपाधिहरूसमेत प्रदान गरिने मल्लिकले बताए।

यसैगरी होलीको अवसरमा तराई–मधेशमा गाइने होरी गायन प्रतियोगितामा ९/१० वटा टोली सहभागी हुने उनले जानकारी दिएका छन्।

होली पर्वको अवसरमा मिनापले २६ वर्षदेखि महामूर्ख सम्मेलन र ११ वर्षदेखि होरी गायन प्रतियोगिताको आयोजना गर्दै आइरहेको छ।

प्रकाशित: Mar 07, 2020| 07:36 शनिबार, फागुन २४, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।