बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नक्कली प्रमाणपत्रधारी र घुस खानेविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली प्रमाणपत्रधारी र घुस खानेविरुद्ध भ्रष्टाचार मुद्दा

नक्कली शैक्षिक प्रमाणपत्रधारी र घुस खाने ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं- नक्कली शैक्षिक प्रमाणपत्रधारी र घुस खाने ४ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले मुद्दा दायर गरेको छ।

नक्कली शैक्षिक प्रमाणपत्रधारी एक नायव सुव्वा र शिक्षिका तथा घुससहित पक्राउ परेका एक जना सशस्त्र प्रहरी निरीक्षक र असिस्टेन्ट सव–इन्जिनियरविरुद्ध अख्तियारले शुक्रबार विशेष अदालतमा मुद्दा दायर गरेको छ।

अख्तियारका अनुसार जिल्ला हुलाक कार्यालय, कञ्चनपुरमा कार्यरत टाईपिष्ट नासु प्रेम सिंह कार्कीले पञ्चदेव महानन्द माध्यमिक विद्यालय रिम, बैतडीबाट कक्षा १० को टेष्ट परीक्षा उत्तिर्ण गरेको नक्कली शैक्षिक योग्यताको प्रमाण–पत्रका आधारमा सरकारी सेवा प्रवेश गरेको खुलेको अख्तियारले जनाएको छ।

यस्तै युवा प्राथमिक विद्यालय, गोइठी टिकुलिया महोत्तरीका अस्थायी शिक्षिका पवनदेवी यादवले नक्कली स्थायी अध्यापन अनुमतिपत्रका आधारमा राहत महिला शिक्षक अनुदानमा नियुक्ति लिएको खुलेको अख्तियारले जनाएको छ।

उनले २०६७ असोज १३ देखि २०७६ जेठ ६ गते सम्म नक्कली अध्यापन अनुमति पत्रका आधारमा जागिर खाएको खुलेको भन्दै अख्तियारले मुद्दा दायर गरेको जनाएको छ।

यस्तै सेवाग्राहीबाट ५० हजार घुस लिने उद्योग गरेको अभियोगमा सशस्त्र प्रहरी बल बिओपी टांघनडुब्बा झापामा कार्यरत सशस्त्र प्रहरी निरीक्षक खगेन्द्र चापागाईविरुद्ध अख्तियारले मुद्दा दायर गरेको छ। उनले व्यापार व्यवसायमा सहजीकरण गरिदिने भन्दै घुस मागेको खुलेको अख्तियारले जनाएको छ।

यस्तै भोजपुर आमचोक गाउँपालिकामा कार्यरत असिष्टेन्ट सव–इन्जिनियर विष्णु कुमार राईविरुद्ध पनि अख्तियारले मुद्दा दायर गरेको छ।

राईले हायुखोला खानेपानी योजनाको बिल फरफारक गरिदिने प्रयोजनका लागि सेवाग्राहीसँग ५ हजार घुस रकम लिएको अवस्थामा अख्तियारको टोलीले रंगेहात पक्राउ गरेको थियो।

प्रकाशित: Mar 06, 2020| 14:40 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।