स्याङ्जा– स्याङ्जाको वालिङबाट जग्गाको पुनः नापनक्सा कार्य (विशेष नापी कार्य) सुरु भएको छ। भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्री पद्माकुमारी अर्यालले आधुनिक प्रविधिबाट नापनक्सा गर्ने टिएस मेशिनको स्विच थिचेर पुनः नापनक्सा कार्यको शुभारम्भ गरिन् ।
त्यस अवसरमा मन्त्री अर्यालले नापी कार्यालय वालिङ स्याङ्जाको नवनिर्मित भवनको समेत उद्घाटन गरिन् । विशेष नापीको शुभारम्भ गर्दै मन्त्री अर्यालले यसबाट हिजोको नापनक्सा गर्ने तरिकाका कारण समस्या भोग्दै आएका नागरिकहरुले राहत पाउने बताइन्।
उनले भनिन्, ‘हिजो अनुमानका आधारमा फिताले नाप्दा आज धेरै समस्या देखिएका छन् । यी सबै समस्याहरु समाधान गर्नका निम्ती हामीले यो अभियान थालेका हौं ।’