बुधबार, चैत ११, २०८२

मावि शिक्षकको विज्ञापन चैतमा

‘विभिन्न जिल्लाबाट दरबन्दी विवरण आउन थालेका छन्। हामी त्यसलाई एकीकृत बनाउन व्यस्त छौं। आयोगलाई विवरण छिट्टै उपलब्ध गराउनेछाैँ । चैतभित्र विज्ञापन खुल्छ।'
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं– शिक्षक सेवा आयोगले माध्यमिक तहमा स्थायी शिक्षक नियुक्तिका लागि चैतमा विज्ञापन गर्ने गरी गृहकार्य अघि बढाएकाे छ।

National life

सबै विषयको अध्यापन अनुमतिपत्रको नतिजा सार्वजनिक गरिसकेकाले आयोगलाई विज्ञापन गर्न बाटो खुलेको हो।

तर शिक्षा तथा मानव विकास स्रोत केन्द्रले रिक्त दरबन्दी विवरण नबुझाएसम्म आयोगले विज्ञापन गर्न पाउँदैन।

शिक्षक सेवा आयोग नियमावली परिच्छेद ३ को नियम ८ मा प्रत्येक जिल्ला शिक्षा कार्यालयले जिल्लाभित्रका सामुदायिक विद्यालयमा रहेको स्वीकृत रिक्त दरबन्दीको विवरण प्रत्येक ६ महिनामा शिक्षा विभाग (शिक्षा तथा मानव विकास स्रोत केन्द्र) मा पठाउनुपर्ने व्यवस्था छ।

शिक्षा सेवा आयोगका सूचना अधिकारी दामोदर आचार्यले माध्यमिक तहको अध्यापन अनुमतिपत्रको सबै विषयको नतिजा प्रकाशित भइसकेकाले अब आयोग विज्ञापनको तयारीमा जुटेको जानकारी दिए।

Laxmi sunrise bank
kumari

उनले भने, ‘शिक्षा तथा मानव विकास स्रोत केन्द्रले दरबन्दी विवरण नबुझाएसम्म हामीले विज्ञापन खोल्न मिल्दैन। हाम्रो तर्फबाट सबै गृहकार्य अगाडि बढाएका छौं। दरबन्दी विवरण आउनासाथ विज्ञापन खुल्छ ।’

शिक्षा तथा मानवस्रोत विकास केन्द्रका सूचना अधिकारी माधवप्रसाद दाहालले दरबन्दी विवरण केन्द्रमा धमाधम आइरहेकाले त्यसलाई रुजु गर्ने काम भइरहेको जानकारी दिए।

उनले भने, ‘विभिन्न जिल्लाबाट दरबन्दी विवरण आउन थालेका छन्। हामी त्यसलाई एकीकृत बनाउन व्यस्त छौं। चैतभित्र आयोगको विज्ञापन खुलाउने गरी काम गरिरहेका छौं।’

विभिन्न जिल्लामा दरबन्दी मिलान भइरहेकाले रिक्त दरबन्दी विवरण उपलब्ध हुन ढिला हुन सक्ने केन्द्रका अधिकारीले बताएका छन्।

शिक्षक सेवा आयोगले यसपल्ट नयाँ पाठ्यक्रमअनुसार विज्ञापन खुलाउन लागेको छ ।

यो पनि पढ्नुस् :

शिक्षक बन्न चार चरणको परीक्षा पास गर्नैपर्ने

 

प्रकाशित: Mar 06, 2020| 11:08 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्