शनिबार, साउन २३, २०८३

एसईई सरेको छैन, भ्रममा नपर्न शिक्षा मन्त्रालयको अनुरोध

 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं– शिक्षा मन्त्रालयले एसईई परीक्षा पूर्वनिर्धारित तालिका अनुसार नै सम्पन्न हुने स्पष्ट पारेको छ।

केही सञ्चार माध्यम र सामाजिक सञ्जालहरुमा २०७६ सालको एसईई स्थगित भएको र विद्यालय बन्द गर्ने भन्ने खालका समाचार प्रवाह भइरहेको विषयमा गम्भीर ध्यानाकर्षण भएको भन्दै मन्त्रालयले चैत ६ गतेदेखि नै परीक्षा सञ्चालन हुने स्पष्ट पारेको हो।

‘परीक्षा सरेको वा विद्यालय बन्द गरिएको भन्ने जस्ता गलत सूचनाको भ्रममा नपर्न मन्त्रालय सम्बद्ध सबैमा अनुरोध गर्दछ’, मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी विज्ञप्तिमा जनाइएको छ।

प्रकाशित: Mar 06, 2020| 09:43 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्