बुधबार, चैत ११, २०८२

कोरोना त्रासले दीक्षान्त समारोह स्थगित

कोरोनाभाइरस संक्रमणको त्रासले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं- कोरोनाभाइरस संक्रमणको त्रासले चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको दीक्षान्त समारोह स्थगित भएको छ।

National life

आगामी चैत ७ गते काठमाडौंमा आयोजना गर्ने तयारी गरिएको दीक्षान्त समारोह विश्वव्यापी रुपमा फैलिइरहेको कोरोना भाइरसको संक्रमणको त्रासका कारण स्थगित भएको हो।

वीर अस्पतालले शुक्रबार एक सूचना जारी गर्दै कोरोना संक्रमणको रोकथाम तथा जोखिम कम गर्न विशेष सतर्कता अपनाउनु पर्ने भएको हुँदा अर्को सूचना प्रकाशित नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरिएको जनाएको छ।

छिमेकी देश चीनबाट फैलिएको यसको संक्रमण विश्व्यापीरुपमा देखिएको छ। नेपालमा हालसम्म जम्मा एक व्यक्तिमा संक्रमण पुष्टि भएकोमा बिरामी निको भइसकेको अवस्था छ। अन्य व्यक्तिमा संक्रमण देखिएको छैन।

तर खुला सीमा रहेको भारतमासमेत संक्रमितको संख्या लगातार बढिरहेको छ। विश्वभर यसको संक्रमणबाट ३ हजार ३ सय भन्दा बढी व्यक्तिको मृत्यु भइसकेको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Mar 06, 2020| 09:34 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्