सोमबार, माघ ५, २०८२

पहिलो मैत्रीपूर्ण खेलमा पीएनजीमाथि नेपालको जित

अन्तर्राष्ट्रिय मैत्रीपूर्ण एकदिसीय क्रिकेट अन्तर्गत ओमनको अल इमिरेत मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई हराएको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं– अन्तर्राष्ट्रिय मैत्रीपूर्ण एकदिवसीय क्रिकेट अन्तर्गत ओमनको अल इमिरेत मैदानमा भर्खरै सम्पन्न खेलमा नेपालले पपुवा न्युगिनी (पीएनजी) लाई २ विकेटले हराएको छ।

National life

टस हारेर बलिङ गर्दै १३५ रन लक्ष्य पाएको नेपालले ३९ ओभर तीन बलमा ८ विकेट गुमाउँदै लक्ष्य पूरा गरेको हो। नेपाली राष्ट्रिय टिमका भरपर्दा ब्याटसम्यान पारस खड्काले अन्तर्राष्ट्रिय खेलबाट संन्यास लिएपछि नेपालका यो पहिलो खेल हो।

नेपालको जितका लागि ओपनिङमा कुशल भुर्तेल र आसिफ शेखले ४६ रनको साझेदारी गरे। कुशल १५ रन बनाउँदै बाहिरिए भने आसिफले ३० रन जोडे। १२ औं ओभरमा सोपरको बलबाट भुर्तेल आउट भएका थिए। त्यस्तै अघिल्लो ओभरको पाँचौं बलमा आसिफ शेखले प्रहार गरेको बल बाउन्ड्री लाइन नजिकै बसेका टोकाले क्याच गरेपछि उनी आउट भए।

तेस्रो नम्बरमा मैदान पसेका ज्ञानेन्द्र मल्ल र आरिफ शेखले पनि सम्झनलायक प्रदर्शन गरेनन्। ज्ञानेन्द्रलाई डामैन राभूले र आरिफलाई चाड सुपरले पेवेलियन पठाए। एक दिवसीयमा आशा गरिएका अलराउन्डर शरद भेषावकरले पनि आशातित प्रदर्शन गरेनन्।

यद्यपि रोहित पौडेलले ४१ रन बनाए। यता पवन शर्राफ गोल्डेन डक आउट हुने एकमात्र खेलाडी भए। त्यस्तै, सोमपाल कामीले ३२ बलमा २२ रन जोडे। सोमपाल र रोहितले ५२ रनको साझेदारी गरे।

Laxmi sunrise bank
kumari
आजको खेलमा डेब्यू गरेका विक्रम शोबले पनि पहिलो पटक एकदिवसीय खेल्दै राष्ट्रिय टिमको यात्रामा यादगार सुरुआत गरे।

पीएनजीका गउडी टोकाले तीन विकेट लिए भने राभू र कुपरले समान २–२ विकेट लिए भने नोसैना पोकनाले एक विकेट लिए। त्यसअघि टस जितेर ब्याटिङ राजेको पीएनजीले ३३ ओभर खेल्दै सम्पूर्ण विकेट गुमाएर १३४ रन बनाएको थियो। आजको खेलमा डेब्यू गरेका विक्रम शोबले पनि पहिलो पटक एकदिवसीय खेल्दै राष्ट्रिय टिमको यात्रामा यादगार सुरुआत गरे।

दोस्रो ओभरमा बलिङको अवसर पाएका विक्रमले पहिलो बलमै पीएनजीका टोनी उरालाई पेवेलियन फर्काएर राष्ट्रिय टिमबाट पहिलो विकेट लिए। उराले तीन बलमा एक रन मात्र जोड्दै मैदानबाट बाहिरिए। विक्रमले पहिलो ओभरमै मेडन राखे। उनले आफ्नो दोस्रो ओभरको अन्तिम बलमा पनि अर्को विकेट लिए।

पपुवा न्युगिनीका कप्तान अस्सद वालाको प्रहार आरिफ शेखले क्याच गरेपछि विक्रमको खातामा अर्को विकेट जम्मा भयो।

सिनियर टिमबाट गएको वैशाखमा टी–२० डेब्यु गरेका कुशल भुर्तेल र आसिफ शेख आजको खेलमा पनि मैदान उत्रिए। उनीहरुले दोस्रो पारीमा सम्भवतः नेपालको ओपनिङ सम्हाल्नेछन्।

यता टस हारेर फिल्डिङको अवसर पाएको नेपालका लेग स्पिनर सन्दीप लामिछाने र ब्याट्सम्यान कुशल मल्लले पनि पनि पहिलो ओभरमै विकेट लिए। सन्दिपले चार्ल्स अमिनीलाई र कुशलले लेगा साकालाई पेवेलियन पठाए।

१२ औं ओभर सम्हालेका युवा ब्याट्सम्यान कुशल मल्लले आफुनो पहिलो ओभरमा मेडन राखे। एक छक्का र एक चौका प्रहार गरेका साकाले ३८ बलमा ३० रन जोडेपछि कुशलको बलबाट बाहिरिए। कुशलले खेलको २२ ओभर पाँच बलमा अर्को विकेट लिए। उनले प्रहार गरेको बल किप्लिन डोगिाको ब्याटमा लागेर मैदानबाहिर जाने क्रममा कुशल भुर्तेलले क्याच गरेपछि किप्लिन आउट भए।

उनले २४ बलमा १५ रन बनाउन सके। नेपाली खेलाडीको बलिङ निकै तेजिलो रह्यो। सन्दीपले १९ औं ओभरको पहिलो बलमा पुनः अर्को विकेट लिए। त्यसक्रममा उनले १४ रन बनाएका सिसिबाउलाई पेवेलियन पठाए।

लामिछानेले २४ औं ओभरमा अर्को पनि विकेट गिराए। उनले जासोन किलालाई एलबीडब्लू धरापमा पार्दै मैदानबाहिर पठाए। नेपाली कसिला बलरसामु किला शून्य रनमै आउट भए।

पहिलो ओभरमै नेपालको बलिङ सम्हालेका सोमपाल कामीले ३० औ ओभरमा आएर नेपालका लागि दुई विकेट लिए। उनले ३० औं ओभरको पहिलो र तेस्रो बलमा विकेट गिराए।

उनले ब्याटिङको लयमा छिरिसकेका गाउडी टोका र डमैन रावुलाई पेवेलियन फर्काए। गउडीले २२ रन बनाए भने रावु शून्य रनमै आउट भए।

प्रकाशित: Sep 07, 2021| 16:56 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।