बुधबार, चैत ११, २०८२

स्कुलमा सतर्कता अपनाउन शिक्षा मन्त्रालयकाे निर्देशन

शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय/शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं– शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले कोरोना भाइरसको सङ्क्रमण रोकथाम सम्बन्धमा विद्यालय/शिक्षण संस्था, विद्यार्थी, शिक्षक तथा अभिभावकमा सतर्कता अपनाउन अपिल गरेको छ।

National life

मन्त्रालयले विद्यालय/शिक्षण संस्थाले सङ्क्रमण फैलने तरिका र त्यसबाट बच्ने उपायका सम्बन्धमा विद्यार्थीलाई हरेक दिन सङ्क्रमणबाट बच्ने उपायबारे सचेत गराउन निर्देशन दिएकाे हाे।

कक्षा शिक्षकलाई हरेक दिन कोरोना भाइरसबारे सूचना तथा जानकारी उपलब्ध गराउन, सङ्क्रमणबाट बच्ने उपाय सूचनापाटीमा टाँस गर्न, छलफल गराउन, यसबारे पढ्न विद्यार्थीलाई प्रोत्साहित गर्न पनि मन्त्रालयले आग्रह गरेको हो।

मन्त्रालयका प्रवक्ता दीपक शर्माद्वारा जारी अपिलमा कोरोना भाइरससम्बन्धी आधिकारिक सूचना दिने स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयलगायतका वेबसाइटको ठेगानाबारे जानकारी दिएर सबै विद्यार्थीलाई सूचित हुने अवस्था सिर्जना गर्न, स्थानीय स्वास्थ्य केन्द्र तथा स्वास्थ्य चौकीसँग समन्वय गरी सचेतना कार्यक्रम सञ्चालन गर्न पनि आग्रह गरिएको छ।

भीडभाड भएको ठाउँमा सकभर नजाने, राम्ररी नपकाइएको माछा, मासु, सागसब्जी एवं खानेकुरा नखान, साबुनपानीले पटकपटक राम्ररी हात धुन, खानाखाजा खानुपूर्व अनिवार्य रुपमा साबुन पानीले हात धुन, हात नमिलाउन, अङ्कमाल नगर्न, टाढैबाट नमस्कार गर्न पनि अपिलमा भनिएको छ।

Laxmi sunrise bank
kumari

कुनै विद्यार्थीलाई ज्वरो रुघा/खोकी देखिएमा विद्यालय/शिक्षण संस्थामा तत्काल अन्य विद्यार्थीबाट अलग्गै राख्न, अभिभावकलाई तत्काल सम्पर्क गरी सुरक्षित तरिकाले जिम्मा लगाउन, ज्वरो र रुघा–खोकी लागेका विद्यार्थी र तीनका परिवारका अन्य व्यक्तिलाई घरमा सुरक्षित तवरले अलग्गै ठाँउमा राख्न पनि भनिएको छ।

विश्वव्यापी सो सङ्क्रमणको स्थिति सहज नभएसम्म अभिभावक भेला, वार्षिकोत्सव, सांस्कृतिक कार्यक्रमजस्ता समारोह आयोजना नगर्न, सामूहिक पिकनिक वा शैक्षिक भ्रमणजस्ता कार्यक्रम स्थगन गर्न, शिक्षण संस्थाबीच सूचनाको नेटवर्क गर्न, आधिकारिक सूचना एकै ठाउँबाट प्रवाह गर्ने व्यवस्था गर्न विद्यालय र शिक्षण संस्थामा ‘फोकल पोइन्ट’ तोक्न पनि आग्रह गरिएको छ।

अनावश्यक हल्लाले विद्यार्थीलाई त्रसित बनाउन सक्नेतर्फ सचेत तुल्याउन, सङ्क्रमण भएमा स्वास्थ्य सेवा लिने तरिका एवं एकान्त र अलग्गै राख्ने र फैलन नदिने विधिबारे जानकारी दिन र सरकारी आधिकारिक निकायबाट आउने सूचना सबैमा प्रवाह गर्ने व्यवस्था प्रभावकारी पार्न मन्त्रालयले आग्रह गरेको छ।

 

 

प्रकाशित: Mar 06, 2020| 03:43 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्