बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • दक्षिण एसियामा कोरोना संक्रमण फैलँदै, भुटानमा नयाँ संक्रमित फेला

दक्षिण एसियामा कोरोना संक्रमण फैलँदै, भुटानमा नयाँ संक्रमित फेला

अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार दक्षिण एसियामा नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका र भुटानमा कोरोना संक्रमण देखिएको छ। पछिल्लो पटक भुटानमा कोरोना संक्रमण देखिएको हो।
 |  शुक्रबार, फागुन २३, २०७६

नेपाल समय

नेपाल समय

शुक्रबार, फागुन २३, २०७६

काठमाडौं– गत डिसेम्बरमा चीनको वुहान हुँदै विश्वभर देखिएको कोरोना भाइरस (कोभिड–१९) संक्रमण दक्षिण एसियामा पनि फैलन थालेको छ।

दक्षिण एसियाका ७ देशमध्ये ५ मा कोरोना संक्रमण देखिएको छ। अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार नेपालसँगै भारत, पाकिस्तान, श्रीलंका र भुटानमा कोरोना संक्रमण देखिएको छ। पछिल्लो पटक भुटानमा कोरोना संक्रमण देखिएको हो।

अमेरिकी समाचार संस्था सिएनएनका अनुसार भुटानको प्रधानमन्त्री कार्यालयको फेसबुक पोस्टमा बिहीबार कोरोना भाइरस संक्रमित पहिलो बिरामी भेटिएको उल्लेख छ।

यस्तै, भारतमा ३०, पाकिस्तानमा ५ जना कोरोना संक्रमित बिरामी रहेको अन्तर्राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन्।

श्रीलंकामा कोरोना संक्रमित बिरामी उपचारपछि घर फर्किएकी छन्। श्रीलंकामा गत जनवरी २७ मा चिनियाँ महिलामा कोरोना संक्रमण देखिएको थियो। नेपालमा पनि कोरोना संक्रमित बिरामीको परीक्षण रिपोर्ट नेगेटिभ आएको छ।

दक्षिण एसियाका बंगलादेश र माल्दिभ्समा भने कोरोना संक्रमण देखिएको छैन।

कोरोना संक्रमणबाट अहिलेसम्म विश्वभर तीन हजार तीन सयभन्दा बढी बिरामीको ज्यान गइसकेको छ भने ९७ हजार आठ सय बिरामी प्रभावित बनेका छन्।

प्रकाशित: Mar 06, 2020| 03:04 शुक्रबार, फागुन २३, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।