बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मास्कमा कालोबजारी गर्ने नेपाल केयर सर्जिकललाई २ लाख जरिवाना

मास्कमा कालोबजारी गर्ने नेपाल केयर सर्जिकललाई २ लाख जरिवाना

वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मास्कमा कालोबजारी गर्ने एक सर्जिकल सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं- वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले मास्कमा कालोबजारी गर्ने एक सर्जिकल सप्लायर्सलाई २ लाख रुपैयाँ जरिवाना गरेको छ।

बुधबार अनुगमनमा निस्किएको विभागको टोलीले क्षेत्रपाटीमा रहेको नेपाल केयर सर्जिकल सप्लायर्सलाई कालोबजारी गर्ने उद्देश्यले मास्क लुकाएको भन्दै २ लाख रुपैयाँ जरिवाना गरेको हो।

कोरोना भाइरसको त्रास बढिरहेका बेला मेडिकल पसलहरुले कालोबजार सुरु गरेको भन्ने गुनासोपछि विभागले अनुगमन गरेको थियो।

सर्जिकल मास्क, सेनिटाइजर जस्ता वस्तुको माग बजारमा ह्वात्तै बढेका बेला यस्ता पसलहरुले कालोबजारी सुरु गरेका छन्।

पर्याप्त मात्रामा रहेको सेनिटाइजर जस्तो वस्तुलाई अभाव देखाउँदै केही दिनदेखि बिक्रि वितरण नै रोकेका छन्।

त्यस्तै बजारमा ५–१० रुपैयाँमा प्राप्त हुने सर्जिकल मास्क तथा रु. २५० मूल्य पर्ने एन–९५ मास्कको पनि अभाव देखाउँदै महंगो मूल्यमा विक्रि गर्दै आएको पाइएको छ।

यस्ता वस्तुको कालो बजारी बढेपछि विभागले अब अनुगमनलाई निरन्तरता दिने भएको हो।

पछिल्ला केही दिनयता विश्वका ७० भन्दा बढी देशमा फैलिईसकेको कोरोना भाइरसको संक्रमण नेपालमा पनि फैलिने हो कि भन्ने त्रास बढेको छ।

साथै भौगोलिक हिसाबले र सुरक्षाका लागि आवश्यक तयारी नगरिँदा जोखिम झनै बढेको बताइएको छ।

प्रकाशित: Mar 04, 2020| 14:06 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।