बिहीबार, भदौ ४, २०८३

गोरुसिङ्गे–सन्धिखर्क सडक दैनिक नौ घण्टा बन्द

अर्घाखाँचीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड आजदेखि दैनिक नौ घण्टा बन्द हुने भएको छ ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

अर्घाखाँचीलाई पूर्वपश्चिम राजमार्गसँग जोड्ने मुख्य सडक गोरुसिङ्गे–सन्धिखर्क सडकखण्ड आजदेखि दैनिक नौ घण्टा बन्द हुने भएको छ ।

सडक स्तरोन्नति गर्न सन्धिखर्कको घुम्तीदेखि भुवनपाटासम्मको आठ किमी सडक दैनिक नौ घण्टा बन्द हुने भएको हो । जिल्ला प्रशासन कार्यलय अर्घाखाँचीमा बसेको सर्वपक्षीय बैठकले साँघुरा घुम्ती र सडकको चापलाई ध्यानमा राख्दै बाटो स्तरोन्नति गर्न लागिएको सडक बिहान ७ बजेदेखि मध्याह्न १२ बजेसम्म र दिउँसो २ बजेदेखि बेलुका ६ बजेसम्म बन्द गरिने निर्णय भएको प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताए ।

अत्यधिक घुम्ती र साँघुरो सडकका कारण यो क्षेत्र ‘डेन्जर जोन’ का रुपमा परिचित छ । दोहोरो यातायात आवतजावत गर्ने गरी निर्माण कार्य अगाडि बढाइएको यो सडकखण्डको मध्यभागदेखि १५–१५ मिटर छोडेर घर बनाउन सडक डिभिजन शिवपुर कपिलवस्तुले आग्रह गरेको छ । वैकल्पिक मार्गका रुपमा सन्धिखर्क–सालझण्डी सडक, घुम्ती–तानसेन सडक र धनचौर–अमराई सडकको प्रयोग गर्न सकिने पनि बैठकले निर्णय गरेकोे छ ।
रासस

प्रकाशित: Mar 04, 2020| 06:58 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।