बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • मोरङ दुर्घटना : स्थानीयद्वारा विराट चोक–घिनाघाट सडक अवरुद्ध, टिप्परमा आगजनी

मोरङ दुर्घटना : स्थानीयद्वारा विराट चोक–घिनाघाट सडक अवरुद्ध, टिप्परमा आगजनी

चालकलाई ज्यान मुद्दा दर्ता गर्नुपर्ने माग गर्दै टिप्पर दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त र स्थानीयले विराट चोक–घिनाघाट सडक अवरुद्ध पारेका छन्।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

इटहरी– चालकलाई ज्यान मुद्दा दर्ता गर्नुपर्ने माग गर्दै टिप्पर दुर्घटनामा ज्यान गुमाएका व्यक्तिका आफन्त र स्थानीयले विराट चोक–घिनाघाट सडक अवरुद्ध पारेका छन्।

सडकमा टायर बालेर प्रदर्शनमा उत्रिएका उनीहरूले को१क २९१७ नम्बरको टिप्परमा आगजनी गरेका छन्।

प्रदर्शनमा सहभागी स्थानीय कमल सरदारले टिप्पर चालकलाई ज्यान मुद्दा दर्ता नगरिएसम्म आन्दोलन जारी रहने बताए।

मंगलबार राति विराटनगर–१९, मिलन चोकमा टिप्परको ठक्करबाट रामग्राम–२ का ४० वर्षीय बाबुराम सरदार र उनकी नातिनी ६ वर्षीय आरहीकुमारी सरदारको ज्यान गएको थियो।

जिल्ला प्रहरी कार्यालय, मोरङका अनुसार घिनाघाट–विराट चोकमा को१क २९१७ नम्बरको टिप्परले विपरीत दिशाबाट आउँदै गरेको १–००२ह८६०६ नम्बरको टेम्पोलाई ठक्कर दिएको थियो।

शवलाई पोस्टमार्टमका लागि कोशी अञ्चल अस्पताल पठाइएको र टिप्पर चालक सुनसरी, रामधुनी–५ का ३२ वर्षीय हरेराम चौधरीलाई नियन्त्रणमा लिएको प्रहरीले जनाएकाे छ।

प्रकाशित: Mar 04, 2020| 06:34 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।