आइतबार, चैत ८, २०८२

डब्लूएचओको बैठकमा ११ देशका स्वास्थ्यमन्त्रीले गरे १२ बुँदे सम्झौता (पत्रसहित)

दक्षिण पूर्वी एसियाका ११ देशका स्वास्थ्यमन्त्रीहरु सहभागी डब्लूएचओको सोमबारदेखि सुरु भएको ७४‌औं क्षेत्रीय समिति बैठकमा मंगलबार १२ बुँदे सम्झौता भएको जनाइएको छ।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं- विश्‍व स्वास्थ्य संगठन (डब्लूएचओ) को बैठकमा सहभागी ११ देशका स्वास्थ्य मन्त्रीहरुले १२ बुँदे सम्झौता गरेका छन्। दक्षिण पूर्वी एसियाका ११ देशका स्वास्थ्यमन्त्रीहरु सहभागी डब्लूएचओको सोमबारदेखि सुरु भएको ७४‌औं क्षेत्रीय समिति बैठकमा मंगलबार १२ बुँदे सम्झौता भएको जनाइएको छ।

National life

दक्षिणपूर्वी एसियाली राष्ट्रहरूमा विश्व स्वास्थ्य संगठनका कार्यक्रमहरू, नीति, बजेट, कोभिड–१९, स्वास्थ्यसम्बन्धी दिगो विकास लक्ष्यहरूमा एक भएर लड्ने सम्झौता भएको छ । 

११ देशका स्वास्थ्यमन्त्रीले सम्झौतापत्रमा हस्ताक्षर गरेका छन् । काठमाडौंमा २१ भदौबाट सुरु भएको बैठक २५ गतेसम्म चल्नेछ। कोरोनाका कारण भर्चुअल रूपमा बैठक गरिएको हो । 

१२ बुँदे सम्झौता पहिलो बुँदामा हरेक नीतिमा स्वास्थ्यका लागि राजनीतिक नेतृत्व र जवाफदेहिताको सुनिश्‍चितता गरिने उल्लेख गरिएको छ। त्यसगरि सार्वजनिक लगानी बढाएर स्वास्थ्य प्रणालीलाई पुनर्रुत्थान गर्ने विषयमा पनि ११ देशका स्वास्थ्यमन्त्रीहरुबीच सम्झौता भएको छ। 

त्यसैगरि राष्ट्रिय मापदण्डको गुणस्तरीय प्राथमिक स्वास्थ्य उपचार सेवा प्रदान गरिने विषयमा पनि स्वास्थ्यमन्त्रीहरुबीच सम्झौता भएको छ।

Laxmi sunrise bank
kumari

प्रकाशित: Sep 07, 2021| 15:06 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्