काठमाडौं– प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य लाभ र कोरोना भाइरस रोक्न पशुपतिनाथमा विशेष पूजा गरिएको छ।
पशुपति विकास कोषका कोषाध्यक्ष डा. मिलन कुमार थापाको नेतृत्वमा प्रधानमन्त्री ओलीको स्वास्थ्य लाभको कामनासहित पशुपतिनाथमा बुधबार पहिलो प्रहरको पूजापाठ भएको हो ।
मिर्गौला प्रत्यारोपणको सफलतासहित शीघ्र स्वास्थ्य लाभको कामना गर्दै विषेश पूजापाठ र रुद्राभिषेक भएको हो ।
कोषाध्यक्ष थापाले कोरोना भाइरसको संक्रमण नेपालमा नफैलियोस् भनेर पशुपतिनाथमा विशेश पूजापाठ गराएको जानकारी दिए।