बिहीबार, भदौ ४, २०८३

युवराज खतिवडा फेरि मन्त्री नियुक्त, आज अपरान्ह शपथ

 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं– डा. युवराज खतिवडा पुनः मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री केपी ओलीको सिफारिसमा राष्ट्रपति विद्यादेवी भण्डारीले खतिवडालाई मन्त्री नियुक्त गरेकी हुन् । मन्त्री खतिवडाले आज नै राष्ट्रपतिबाट शपथ ग्रहण गर्ने बताइएको छ।

खतिवडाले अर्थ र सञ्चार तथा सूचना प्रविधिमन्त्रीको तथा प्रवक्ताको जिम्मेवारी सम्हाल्नेछन् ।

संविधानअनुसार खतिवडा अब ६ महिनासम्म अर्थमन्त्री रहन सक्छन् । त्यसबीचमा उनी संघीय संसदको सदस्य नबनेमा स्वतः उनी मन्त्रीबाट हट्नेछन् ।

राष्ट्रियसभा सदस्यको दुई वर्षे कार्यकाल सकिएकै दिन हिजो खतिवडाले मन्त्रीबाट राजीनामा दिएका थिए।

नेकपा सचिवालयले खतिवडाको कार्यकाल सकिएपछि राष्ट्रियसभाको मनोनीत कोटामा उपाध्यक्ष वामदेव गौतमलाई पठाउन सिफारिस गरेको छ।

तर प्रधानमन्त्री ओलीले सो सिफारिस अस्वीकार गरेका छन्।

प्रकाशित: Mar 04, 2020| 04:55 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।