बिहीबार, भदौ ४, २०८३

पशुलाई पनि सुत्केरी भत्ता

सिन्धुलीको कमलामाई नगरपालिकाले चालू आर्थिक वर्षदेखि हालसम्ममा ५५० सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ । पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रमअन्तर्गत सुत्केरी गाई तथा भैँसीलाई भत्ता वितरण गरिएको हो ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

सिन्धुलीको कमलामाई नगरपालिकाले चालू आर्थिक वर्षदेखि हालसम्ममा ५५० सुत्केरी पशुलाई भत्ता वितरण गरेको छ । पोषण सुत्केरी खाद्यान्न सहयोग कार्यक्रमअन्तर्गत सुत्केरी गाई तथा भैँसीलाई भत्ता वितरण गरिएको हो ।

कमलामाईका १४ वटै वडामा सुत्केरी पशुलाई पोषण खाद्यान्न सहयोग उपलब्ध गराउन पशुधनीलाई रकम प्रदान गरिएको नगरपालिकाको पशु शाखाका पशुसेवा प्राविधिक मीनबहादुर थापाले जानकारी दिए । “किसानले पशु सुत्केरी भत्ता प्राप्त गर्न पशुधनीले वडाबाट पशु सुत्केरी भएको हो भन्ने सिफारिस, सुत्केरी गाईले जन्माएको बाछाबाछी तथा भैँसीले जन्माएको पाडा वा पाडी र पशुधनी भएको एकप्रति फोटो, पशुको बीमा गराएको प्रमाणपत्रको प्रतिलिपि, नागरिकताको प्रतिलिपि र निवेदन पेश गर्नुपर्नेछ,” उनले भने ।

अघिल्लो वर्ष पशुपालन नगर्नेले पनि गाई तथा भैँसी सुत्केरी भएको भनी पैसा लगेको गुनासो आएको र यस वर्षदेखि वास्तविक पशुधनीलाई मात्र प्रोत्साहन रकम प्रदान गरिँदै आएको उहाँले बताउनुभयो । हरेक पशुलाई सुत्केरी भत्ता र पोषण सुत्केरी खाद्यान्न सहयोगअन्तर्गत दुई हजारका दरले वितरण गरिँदै आएको छ । यस वर्ष पशु सुत्केरी भत्ता वितरणमा पशुको बीमा अनिवार्य गरेपछि पशु बीमा गराउने किसानको सङ्ख्या पनि बढ्दै गएको छ ।

यस आवमा नगर क्षेत्रका एक हजारभन्दा बढी पशुपालक किसानले पशुको बीमा गरिसकेका छन् । नेपाल सरकारको ७५ प्रतिशत अनुदान र २५ प्रतिशत किसानको लगानीमा पशुको बीमा गर्न सकिन्छ । पशुको क्षति भएमा बीमाङ्क रकमको ९० प्रतिशत रकम सम्बन्धित पशुधनीले क्षतिपूर्तिस्वरूप पाउने गरेको पशुसेवा प्राविधिक थापाले जानकारी दिए ।
रासस

प्रकाशित: Mar 04, 2020| 04:49 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।