बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • स्कुलहरुलाई प्याब्सन र एनप्याब्सनकाे निर्देशन– कोरोनाको जोखिमप्रति सजग रहनू

स्कुलहरुलाई प्याब्सन र एनप्याब्सनकाे निर्देशन– कोरोनाको जोखिमप्रति सजग रहनू

निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

निजी तथा आवासीय विद्यालय सञ्चालकका संस्थाहरुले कोरोना भाइरसबाट बच्न, बालबालिकामा पर्नसक्ने मनोवैज्ञानिक असर न्यून गर्न र पूर्व सावधानीका लागि आह्वान गरेको छ ।

विश्वमा फैलँदै गएको कोरोना भाइरस (कोभिड–१९) को प्रकोपको प्रभावले नेपालमा पनि दिनानुदिन सन्त्रास फैलाएको सन्दर्भमा नेपाली जनता पनि कोरोना भाइरसको फैलँदो सन्त्रासले चिन्तित रहेको भन्दै बालबालिकासँग प्रत्यक्षरूपमा काम गर्ने शिक्षक, कर्मचारी, विद्यार्थी तथा अभिभावक यस फैलँदो महामारीको सन्त्रासबाट ज्यादै संवेदनशील भएको उल्लेख ती संस्थाले जनाएका छन् ।

विश्व स्वास्थ्य सङ्गठनले उच्च जोखिममा रहेको राष्ट्र भनेर नेपाललाई समेत समावेश गरिसकेको स्थितिमा जोखिम सामना गर्न गम्भीर प्रयत्नमा जुट्नु सबैको कर्तव्य भएको जनाउँदै निजी तथा आवासीय विद्यालय अर्गनाइजेसन (प्याब्सन) र राष्ट्रिय निजी तथा आवासीय विद्यालय एशोसिएशन (एनप्याब्सन)ले सार्वजनिक आह्वान गरेका हुन् । सदस्य विद्यालयलाई यस सङ्क्रमणप्रति सजग र सचेत रही आफ्ना विद्यालयका कार्यक्रमसमेत अत्यन्तै सावधानीपूर्वक सञ्चालन गर्न आग्रह गर्दै अभिवादन गर्दा हात नमिलाऔँ र नमस्कार आदान–प्रदान गर्ने गरौँ भनी आह्वान पनि गरिएको छ ।

बालबालिकालाई मास्क लगाउने, हातमुख धुने, व्यक्तिगत तथा संस्थागत सरसफाइमा उचित प्रबन्ध मिलाउने कार्य गर्न गराउन साथै यो सङ्क्रमण चिसो वा पानीसँग बढी सम्बन्ध राखी फैलने भन्ने चिकित्सकको सुझावलाई ध्यान दिन सुझाव दिइएको छ ।

यसैगरी अनावश्यक भीडभाडमा सामेल नहुन, घर परिसरको फोहरलाई यथाशक्य व्यवस्थापन गर्न, मासुजन्य खाद्य पदार्थ प्रयोगमा विशेष सावधानी अपनाउन, बजारमा प्राप्त हुने विभिन्न प्रकारका प्याकमा पाइने चिसो पेय पदार्थ प्रयोग नगर्न, विद्यालयका शिक्षक तथा कर्मचारीले विद्यार्थीलाई सचेतना कक्षा सञ्चालन गर्न गराउन पनि आह्वान गरिएको छ ।

 

प्रकाशित: Mar 04, 2020| 04:41 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।