बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • १४ दिन क्वारेन्टाइनमा बसेर फर्किए माथिल्लो मर्स्याङदी ‘ए’ का प्रबन्ध निर्देशक

१४ दिन क्वारेन्टाइनमा बसेर फर्किए माथिल्लो मर्स्याङदी ‘ए’ का प्रबन्ध निर्देशक

सन् २०२० जनवरी २२ का दिन चीनको उहान शहरमा कोभिड–१९ नामक भाइरसको प्रकोप देखिएपछि चीन सरकारले उच्च सतर्कता अपनाएको छ । यसैअनुरुप चिनियाँ कम्पनी सिनो हाइड्रोमो पनि उच्च सतर्कता अपनाइएको हो ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

चक्रीय अन्नपूर्ण पदमार्गमा पर्ने लमजुङको उत्तरी भेग मर्स्याङदी गाउँपालिका–६ र ७ भुलभुलेमा रहेको ५० मेगावाट क्षेमताको माथिल्लो मर्स्याङदी ‘ए’ जलविद्युत् आयोजनामा उच्च सतर्कता अपनाइएको छ । छिमेकी देश चीनमा कोरोना भाइरस फैलिएपछि चिनियाँ कम्पनी सिनो हाइड्रो सगरमाथा पावर कम्पनी लिमिटेडले आवासगृह र आयोजनमा उच्च सतर्कता अपनाएको हो । आयोजनाले बाह्य व्यक्तिलाई आउन दिएको छैन ।

सन् २०२० जनवरी २२ का दिन चीनको उहान शहरमा कोभिड–१९ नामक भाइरसको प्रकोप देखिएपछि चीन सरकारले उच्च सतर्कता अपनाएको छ । यसैअनुरुप चिनियाँ कम्पनी सिनो हाइड्रोमो पनि उच्च सतर्कता अपनाइएको हो ।

कम्पनीका कुनै पनि कर्मचारीमा हालसम्म उच्च ज्वरो तथा रुघाखोकी नदेखिएको आयोजनाका प्रोडक्सन एवं टेक्नोलोजी म्यानेजर लि काउयुआनले बताए । जनवरी ३० का दिन कम्पनीका प्रबन्ध निर्देशक यान हुङवेले एउटा विशेष बैठकको आयोजना गरी कार्यालय तथा आयोजनामा कोरोनासम्बन्धी उच्च सतर्कता अपनाउन निर्देशन दिएका थिए ।

आयोजनाले तीन प्रकारका मास्क, स्प्रिट, लिक्विड, हात धुने सेनिटाइजर, थर्मोमिटर, स्प्रेयरलगायत सामग्री खरिद गरेको छ । उक्त सामान प्रयोगमा ल्याइएको आयोजनाका जनसम्पर्क अधिकृत कर्ण अधिकारीले बताए । आयोजनाका दोभाषे दयाराम दाहालका अनुसार चीनमा कोरोना भाइरस फैलिएपछि यसको रोकथाममा सहयोग पुर्याउन सिनो हाइड्रोले उच्च सकर्तकता अपनाउन मेडिकल सामान किनेर ल्याएको हो । अहिले सबैले मास्क लगाएर काम गर्ने गरेका छन् । आयोजनाका अनुसार कम्पनीका कुनै पनि कर्मचारीमा हालसम्म उच्च ज्वरो तथा रुघाखोकीको अवस्था देखिएको छैन ।

आयोजनामा काम गर्ने कम्पनी तथा यसका सहायक कम्पनीले कोरोना भाइरसका विषयमा गहिरो गरी अध्ययन गर्ने, यसबाट मुक्ति पाउनका लागि कर्मचारीले सुरक्षात्मक उपाय अवलम्बन गर्ने, स्वस्थ आनीबानीमा ध्यान दिने, जिम्मेवार तहबाटै सबै आवश्यकीय विषय कार्यान्वयन गर्ने र कोरोना भाइरस छिर्नै नदिने उपाय अवलम्बन गरिएको बताइएको छ ।

आयोजनामा हाल ४० चिनियाँ कर्मचारी र १०० बढी नेपाली कर्मचारी छन् । डिसेम्बर अन्तिमतिर चीन गएका चिनियाँ कर्मचारीहरू चीनमा कोरोना फैलिएपछि उतै रोकिएका छन् । कोरोना बढी मात्रामा फैलिएको हुवेइ प्रान्त बाहिरका उनीहरु कोरोनाका कारण आउन नसकेको आयोजनाले जनाएको छ । आयोजनाका प्रबन्ध निर्देशक भने बैठक बसेर चीन गई पुनः फर्किएका छन्। उनी काठमाडौँको कार्यालयमा १४ दिन क्वारेन्टाइनमा बसेर आयोजनाको कार्यालयमा आएका हुन्।

 

प्रकाशित: Mar 04, 2020| 04:39 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।