बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • नेपाल भ्रमणबाट फर्किएका स्पेनिस नागरिककाे काेराेनाबाट मृत्यु

नेपाल भ्रमणबाट फर्किएका स्पेनिस नागरिककाे काेराेनाबाट मृत्यु

नेपालमा अहिलेसम्म कोरोना नफैलिएपनि नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाकै कारण मृत्यु भएको छ ।
 |  बुधबार, फागुन २१, २०७६

नेपाल समय

नेपाल समय

बुधबार, फागुन २१, २०७६

काठमाडौं- नेपालमा अहिलेसम्म कोरोना नफैलिएपनि नेपाल भ्रमण गरेर फर्किएका एक स्पेनिस नागरिकको कोरोनाकै कारण मृत्यु भएको छ ।

नेपाल भ्रमण गरेर फर्किएका ती व्यक्तिको कोरोना भाइरसको संक्रमणबाटै मृत्यु भएको भ्यालेन्सियाका स्वास्थ्यकर्मीले पुष्टि गरेका छन् ।

डेली मेलका अनुसार ती व्यक्ति नेपाल भ्रमण गरेर फर्किएपछि बिरामी भएका थिए र उनी अस्पताल भर्ना भएका थिए । अस्पतालमा उपचारको क्रममा उनको मृत्यु भएको थियो ।

स्पेनमा उनी नै कोरोनाका कारण ज्यान गुमाउने पहिलो व्यक्ति हुन् । सुरुमा कारण नखुलाइए पनि पछि कोरोनाका कारण मृत्यु भएको भनेर भ्यालेन्सियाका स्वास्थ्यकर्मीले पुष्टि गरेका थिए ।

स्पेनमा अहिलेसम्म कोरोना भाइरसबाट संक्रमित हुने संख्या १ सय ६५ पुगेको छ।

प्रकाशित: Mar 04, 2020| 04:27 बुधबार, फागुन २१, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।