मंगलबार, असार २३, २०८३
  • गृहपृष्ठ
  • खेलकुद
  • 'ए' डिभिजन फुटसल लिगको उद्घाटन खेलमा राइजिङ क्लब र स्काइ गोल्सले खेल्ने

'ए' डिभिजन फुटसल लिगको उद्घाटन खेलमा राइजिङ क्लब र स्काइ गोल्सले खेल्ने

अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन फुटसल लिगको तालिका सार्वजनिक गरेको छ। आज दिउँसो एन्फामा सम्पन्न ड्रबाट एन्फाले विभिन्न १० क्लबको सहभागिता रहने लिगको खेल तालिका सार्वजनिक गरेको हो।
 |  मंगलबार, भदौ २२, २०७८

नेपाल समय

नेपाल समय

मंगलबार, भदौ २२, २०७८

काठमाडौं– अखिल नेपाल फुटबल संघ (एन्फा) ले ए डिभिजन फुटसल लिगको तालिका सार्वजनिक गरेको छ। आज दिउँसो एन्फामा सम्पन्न ड्रबाट एन्फाले विभिन्न १० क्लबको सहभागिता रहने लिगको खेल तालिका सार्वजनिक गरेको हो।

देशभरका ६ प्रदेशबाट छनोट खेल भएका १० टिमले ए डिभिजन फुटसल लिगमा सहभागिता जनाउने छन्। प्रदेश दुई छनोटमा कुनै सहभागी क्लब नभएपछि त्यहाँबाट ए डिभिजन फुटबसलमा कुनै टिम खेल्ने छैनन्।

ए डिभिजन फुटसल खेल्ने लिगहरुमा राइजिङ क्लब, स्पोर्टस क्यासल, लुम्बिनी फुटसल, फुटसल, फुटसल ५, ढुकु फुटसल हब, सबिन मेमोरियल, शंखमूल फुटसल, झरना स्पोर्टस क्लब, प्रभातफेरि युवा क्लब र स्काइ गोल्स रहेका छन्।

बाग्मती प्रदेशबाट सबैभन्दा धेरै चार क्लब सहभागी छन्। १० क्लबहरुमा काठमाडौंका तीन टिम रहेका छन्। त्यस्तै धरान र पोखराका समान दुई–दुई क्लब छन्। 

ए डिभिजन फुटसल लिग पोखरामा असोज दुई गतेबाट २२ गतेसम्म हुनेछ। लिग विजेताले दश लाख पुरस्कार पाउनेछ भने उपविजेताले पाँच लाख पाउनेछ। त्यस्तै खेलका उत्कृष्ट खेलाडी, प्रशिक्षक, गोलकिपर, डिफेन्डर, र इमर्जिङ खेलाडीले सामान २५–२५ हजार पुरस्कार पाउनेछन्।

यस्तो छ लिग तालिकाः


प्रकाशित: Sep 07, 2021| 14:30 मंगलबार, भदौ २२, २०७८
प्रतिक्रिया दिनुहोस्

थप समाचार

एसी मिलानसँग नेपोली पराजित

बयुइएफए च्याम्पियन्स लिगको क्वाटरफाइनलको पहिलो लेगमा एसी मिलानले यो सिजन शीर्षस्थानमा रहेको नेपोलीलाई पराजित गरेको छ।

चेन्नईमाथि राजस्थानको संघर्षपूर्ण जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत राजस्थान रोयल्सले चेन्नई सुपर किंग्सलाई पराजित गरेको छ।

जिरोनाको गोलरक्षकका सामु निरिह बन्दा बार्सिलोना गोलरहित बराबरीमा

घरेलु मैदानमा बार्सिलोना बराबरीमा रोकिएको छ।

बैंगलोरमाथि लखनउलाई एक रनको रोमाञ्चक जित

इण्डियन प्रिमियर लिग (आइपिएल) अन्तर्गत लखनउ सुपरजाइन्टले रोयल च्यालेन्जर्स बैंगलोरलाई एक विकेटले पराजित गरेको छ।