मंगलबार, जेठ ५, २०८३

अक्सिडेन्टल पब्लिक स्कुलको २७ औं वार्षिकोत्सव

 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं– अक्सिडेन्टल पब्लिक स्कुल अनामनगरको सत्ताइसौँ वार्षिकोत्सव तथा अभिभावक दिवस प्रज्ञा प्रतिष्ठानमा सम्पन्न भएको छ ।

National life

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष प्रा.डा. सिद्धि प्रसाद कोइरालाको सभापतित्वमा सम्पन्न उक्त कार्यक्रममा संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय योगेश कुमार भट्टराईले देशको आर्थिक समृद्धिका लागि शैक्षिक पूर्वाधार अपरिहार्य रहेको बताए ।

अन्धविश्वास, अशिक्षा र पछौटेपनको अन्त्यका लागि शिक्षाको महत्व रहेको उल्लेख गर्दै उनले भविष्यमा राष्ट्रपति, डाक्टर, इन्जिनियर विद्यालयबाटै उत्पादन हुने विश्वास व्यक्त गरे ।

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणका कार्यकारी अधिकृत सुशिल ज्ञवालीले भूकम्पपछिको पुनर्निर्माणमा आफूले विद्यालयको निर्माणलाई विशेष प्राथमिकता दिएको उल्लेख गर्दै देशका सबै विद्यालयहरुले आफ्नो भौतिक संरचनामा जोड दिनुपर्ने बताए ।

कार्यक्रममा विद्यालयका प्र.अ. टेकबहादुर पौडेलले विद्यालयको वार्षिक गतिविधि प्रस्तुत गर्नुका साथै विद्यार्थीहरुले गीत, संगीत, नृत्य तथा नाटकका माध्यमबाट आफ्ना प्रतिभा पस्किएका थिए ।

प्रकाशित: Mar 03, 2020| 05:46 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्