बुधबार, चैत ११, २०८२

‘पत्रकारितामा अब्बल सेफर्ड’

मिडिया टेक्नोलोजी पढाइ हुने सेफर्ड कलेजले यस क्षेत्रमा उत्कृष्टता हासिल गरिहरेको पूर्वाञ्चल विश्वविद्यालय कला संकायका डिन शम्भु कोइरालाले बताएका छन्।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं– मिडिया टेक्नोलोजी पढाइ हुने सेफर्ड कलेजले यस क्षेत्रमा उत्कृष्टता हासिल गरिहरेको पूर्वाञ्चल विश्वविद्यालय कला संकायका डिन शम्भु कोइरालाले बताएका छन्।

National life

कलेजले सोमबार आयोजना गरेको उत्कृष्ट विद्यार्थी सम्मान र पूर्व विद्यार्थी पुनर्मिलन कार्यक्रममा सम्बोधन गर्दै डिन कोइरालाले नयाँ व्यवस्थापनले कलेजलाई थप उत्कृष्टतातर्फ लैजाने विश्वास पनि व्यक्त गरे।

सेफर्ड कलेजका अध्यक्ष विश्वनाथ शाहले कलेजमा अध्यापन विधि र पाठ्यक्रम समेत आधुनिक पार्दै मिडिया क्षेत्रमा उत्कृष्ट जनशक्ति उत्पादन गर्ने लक्ष्य राखिएको जानकारी दिए।

काठमाडौंको नयाँ बानेश्वरस्थित सेफर्ड कलेजमा मिडिया टेक्नोलोजी विषयमा स्नातक र स्नातकोत्तर तहको पढाइ हुन्छ।

आधुनिक शिक्षा पद्धतिअनुसार नवीनतम प्रविधि प्रयोग गरी शिक्षण विधि र सिकाइ कार्यकलाप परिमार्जन गरिएको कलेजका निर्देशक तरुणप्रताप शाहको भनाइ छ।

Laxmi sunrise bank
kumari

मिडिया जनशक्तिका लागि आवश्यक सैद्धान्तिक, प्राविधिक र व्यावहारिक ज्ञान उपलब्ध गराउँदै कलेजलाई यो क्षेत्रकै अब्बल बनाइने पनि उनले बताएका छन्।

प्रकाशित: Mar 03, 2020| 05:09 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्