बिहीबार, भदौ ४, २०८३

राष्ट्रियसभाका १९ सांसद आजबाट बिदा हुँदै

अर्थमन्त्री डा. युवराज खतिवडासहित राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आज (मंगलबार) सकिँदैछ।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं– अर्थमन्त्री डा. युवराज खतिवडासहित राष्ट्रियसभाका १९ सांसदको कार्यकाल आज (मंगलबार) सकिँदैछ। ती सांसद्हरूको कार्यकाल राति १२ बजे सकिने राष्ट्रियसभा सचिवालयले जनाएको छ।

मन्त्रिपरिषदले पुनःनियुक्तिका लागि सिफारिस नगरे अर्थमन्त्री डा.खतिवडाको कार्यकाल पनि आज रातिबाट सकिनेछ।

नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का ९ सांसदकाे कार्यकाल आज सकिँदैछ, जसमा डा. खतिवडासहित कमलाकुमारी वली, कालीबहादुर मल्ल, खेमराज नेपाली, बलरामप्रसाद बाँस्कोटा, मीना बुढा, युटोल तामाङ, राजकुमार कुँवर र हरिचरण सिवाकोटी छन्।

यस्तै, नेपाली कांग्रेसका दुर्गाप्रसाद उपाध्याय, बद्रीप्रसाद पाण्डे, सुरेन्द्रराज पाण्डे, धनकुमारी खतिवडा, मुक्ताकुमारी यादव, विन्दा आले र सरिता प्रसाईँको कार्यकाल पनि आज पूरा हुँदैछ। राजपाका रमेशप्रसाद यादव र वृषेशचन्द्र लाल तथा समाजवादी पार्टीका रामप्रित पासवानको कार्यकाल पनि सोमबार नै सकिनेछ ।

अब राष्ट्रियसभामा कांग्रेसका ६, राष्ट्रिय जनता पार्टी (राजपा)का दुई र समाजवादी पार्टीका एक सांसद रहनेछन् भने बाँकी नेकपाका रहनेछन्।

पदावधि सकिन लागेका सांसदहरूले आजको बैठकमा आफ्ना धारणा राख्ने तयारी गरिएको राष्ट्रियसभा सचिवालयले जनाएको छ।

नवनिर्वाचित सांसद्को सपथ भोलि

राष्ट्रियसभामा नवनिर्वाचित सांसद्ले बुधबार (भोलि) पद तथा गोपनियताको शपथ लिनेछन्।

राष्ट्रियसभामा आज रिक्त हुन लागेका १९ सांसद पदमध्ये १८ का लागि गत माघ ९ गते निर्वाचन भएको थियो। एक सांसद भने राष्ट्रपतिले मनोनित गर्न बाँकी छ।

प्रकाशित: Mar 03, 2020| 04:45 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।