बिहीबार, भदौ ४, २०८३
  • गृहपृष्ठ
  • समाज
  • अपरबूढीगण्डकीमा काम गरिराखेका ८ चिनियाँ नागरिक पक्राउ

अपरबूढीगण्डकीमा काम गरिराखेका ८ चिनियाँ नागरिक पक्राउ

वर्किङ भिसाविना काम गर्दै आएका ८ जना चिनियाँ कामदारलाई प्रहरीले पक्राउ गरेको छ ।
 |  मंगलबार, फागुन २०, २०७६

नेपाल समय

नेपाल समय

मंगलबार, फागुन २०, २०७६

काठमाडौं- वर्किङ भिसाविना काम गर्दै आएका ८ जना चिनियाँ कामदारलाई प्रहरीले पक्राउ गरेको छ ।

उत्तरी गोरखामा निर्माणधिन अपरबूढीगण्डकी जलविद्युत आयोजनामा काम गरिरहेका आठजना चिनियाँ नागरिकलाई प्रहरीले सोमबार नियन्त्रणमा लिएको हो ।

माछाखोलामा बन्दै गरेको हाइड्रोको स्वाइल परीक्षणसहितका काम लागिरहेको अवस्थामा पक्राउ गरिएको गोरखाका प्रहरी प्रमुख एसपी ओम अधिकारीले नेपाल समयलाई जानकारी दिए।

उनका अनुसार पक्राउ परेका ती चिनियाँसँग काम गर्ने इजाजत पत्रसमेत नभएको, केहीसँग भिसासमेत नरहेको पाइएको छ ।

भिसा नभएकाहरु उत्तरी नाकाबाट छिरेको आशंका गरिएको छ । पक्राउ परेका सबैलाई अध्यागमन विभाग काठमाडौं पठाइएको उनले जानकारी दिए ।

पक्राउ पर्नेमा ट्याङ गुवाङलिन, ट्याङ डाक्वीङ, ट्याङ जुन, ट्याङ जियानहुवा, ट्याङ युजेन, याङ चुन, याङ जियाचुन र लिङ्घु केशेङ रहेका छन्।

प्रकाशित: Mar 03, 2020| 04:11 मंगलबार, फागुन २०, २०७६
प्रतिक्रिया दिनुहोस्

थप समाचार

नुवाकोटमा सिन्दुरे जात्राको रौनक

जात्राको विशेष दिन आज अपराह्न ३ बजेपछि विदुरस्थित भैरवीदेवी मन्दिर परिसरमा रहेको महेशमर्दिन मन्दिरमा यस वर्षको सिन्दुरे जात्रा मनाइँदै गरिएको हो। 

समाजसेवाका 'अनुराधा'हरू

उनीहरूको अनुहारमा बेसहाराको सहारा बन्दै उनीहरूको भोक, प्यास, नाना, माना र छानाको चिन्ता हुन्छ। बिहान उठेदेखि अबेर रातिसम्म उनीहरू तिनैको सहारा बन्ने कर्ममा कर्मशील भइरहेका...

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बसका चालक कारबाहीमा 

ट्राफिक नियम उल्लंघन गर्ने १६ स्कुल बस चालकलाई प्रहरीले कारबाही गरेको छ।